भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले दार्चुलामा भुकम्पीय जोखिम न्युनीकरण गर्न आवश्यक कमद चाल्नु पर्ने बताउनु भएको छ । पछिल्लो समय विभिन्न अध्ययनहरुले सुदूरपश्चि क्षेत्र भुकम्पीय जोखिमका दृष्टिकोणबाट उच्च जोखिममा रहेको बताउँदै भुकम्पबाट हुने धनजनको क्षति कम गर्न सरोकारवालाहरुले विशेष कदम चाल्नु पर्ने बताउनु भएको हो ।

दार्चुला र बझाङ केन्द्रबिन्दु बनाएर ठूलो भुकम्प जान सक्ने अध्ययन प्रतिबेदनहरुलाई ध्यानमा राखेर स्थानीय तह, जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीले भुकम्पीय जोखिम न्युनीकण गर्न योजना सहित नीति कार्यान्वयन गर्नु पर्ने बताउनु भएको हो ।  भौगोलिक बनोट, टाढा टाढा र अव्यवस्थित बस्तिका कारण भुकम्पले बढी क्षति गर्न सक्ने अवस्था रहेकाले यसतर्फ सबैको ध्यान जानु पर्ने बताउदै अधिकृत घिमिरेले रेडक्रसको केन्द्रीय कार्यालयबाट उपलब्ध हुन सक्ने सबै किसिमको सहयोग गर्ने बताउनु भयो ।  रेडक्रस जिल्ला शाखाले चाँडै नै यस क्षेत्रमा काम थाल्ने योजना बनाएको बताउँदै जिल्ला शाखाका मन्त्री दिपक प्रशाद अवस्थीले पहिलो चरणमा कन्टेन्जिन्सी प्लान बनाउने र त्यसपछि स्थानीय तहहरुलाई समेत विपद् जोखिम न्युनीकरणका लागि सहयोग गर्ने योजना रहेको बताउनु भयो ।

 

 

 

 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन भोली सम्मका लागि स्थगित ।।

दार्चुला समाचार,, नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन भोली सम्मका लागि स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पद र