चुनाव लडेका १० पदाधिकारी परिषद् सदस्यको जिम्मेवारीमै , चुनाव लड्ने परिषद् सदस्य को को हुन् ?

दार्चुला समाचार,,
स्थानीय निर्वाचनमा उम्मेदवार बनेका अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का १० जना पदाधिकारी सदस्यकै भूमिकामा क्रियासिल रहेका छन् । साविकको गाविसस्तरमा गठन गरिएका उपभोक्ता समितिका अध्यक्ष हुदै परिषद् सदस्य बनेका २८ जनामध्ये १० जनाले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका थिए । 
मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ को प्रावधानअनुसार चुनाव लडेकाले परिषद् सदस्यबाट हटनुपर्ने व्यवस्था छ । निर्देशिकाको दफा १० (६) र्मा कुनै पनि राजनीतिक पदको लागि उम्मेदवारी दिएको अवस्थामा उपभोक्ता समितिका पदाधिकारीहरु पदबाट हट्ने’ उल्लेख छ । तर उपभोक्ता समिति अध्यक्ष तथा व्यवस्थापन परिषद्का सदस्य पदमा रहेका १० जनाले पद छोडेका छैनन् । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत बनाइएका मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली २०५७ हाल कार्यान्वयनमा रहेका छन् । अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत उपभोक्ता समिति र व्यवस्थापन परिषद्को गठन संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली २०५७ को प्रावधान अनुसार गरिएको छ ।
संरक्षण क्षेत्र सरकारी व्यवस्थापन निमायवली २०५७ मा राजनीतिक पदको लागि उम्मेदवारी दिएको बारेमा कुनै प्रावधान उल्लेख नभएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । तर उपभोक्ता समिति र व्यवस्थापन परिषद्ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम भने मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अन्तर्गत बनाइएको मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ अनुसार कार्यान्वयन गर्नलागेको छ । 
निर्देशिकाका राजनीतिक पदका लागि उम्मेदवारी दिएकाहरुले पदबाट हट्नुपर्ने प्रावधान रहेकाले द्विविधा देखिएको उपाध्यायको भनाई छ र्। अन्यौलता देखिएपछि यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरेका छौ, तर अहिलेसम्म जवाफ आएको छैन’ अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत उपाध्यायले भन्नुभयो । 
संरक्षण क्षेत्र कार्यालयले गत असोज २७ गते विभागमा पत्राचार गरेको थियो । तर चार महिना वित्नलाग्दा पनि विभागको प्रतिउत्तर आएको छैन । दुबै नियमावलीमा उपभोक्ता समितिका काम, कर्तव्य र अधिकारसम्बन्धि एउटै प्रकृतिको व्यवस्था रहेको उपाध्यायको भनाई छ र्। तर राजनीतिक पदका लागि उम्मेदवारी दिदा पद छोड्नुपर्ने प्रावधान एउटामा छ, अर्कोमा छैन’ उपाध्यायले भन्नुभयोर्, यसै दुविधालाई चिर्न थप स्पष्टताका लागि विभागमा पत्राचार गरेका हौ ।’
चुनाव लडेका र उपभोक्ता समितिका अध्यक्ष तथा व्यवस्थापन परिषद्का सदस्य रहेका पदाधिकारीहरुकै सहभागितामा गत असोज ६ र ७ गते चालु वर्षको बजेट र कार्यक्रम बाँडफाँड समेत गरिएको छ ।


चुनाव लड्ने परिषद् सदस्य को को हुन् ? 
स्थानीय चुनावमा २८ जना परिषद् सदस्यमध्ये १० जना उम्मेदवार बनेका थिए । अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठनमै दलिय प्रतिस्पर्धा भएकोले सबैजसो उपभोक्ता समितिमा राजनीतिक क्षेत्रकै व्यक्ति चयन भएका थिए । गाविसस्तरमा गठन गरिएको उपभोक्ता समितिको अध्यक्ष व्यवस्थापन परिषद्मा स्वतः सदस्य हुने व्यवस्था भएकाले दोहोरो भूमिका समेत उपलब्ध छ । 
परिषद् सदस्यहरु सिप्टीका प्रेमसिह धामी, राप्लाका धिरनसिह बुढाथोकी, तपोवनका कृष्णसिह धामी, हिकिलाका पुलेन्द्रवहादुर कार्की, गुल्जरका बीरेन्द्रसिह बोहरा र छापरीका कल्यानसिह कुवर स्थानीय निर्वाचनमा उम्मेदवार बनेका थिए । यी सबैले निर्वाचनमा विजय पनि हासिल गरेका छन् । बुढाथोकी, बोहरा र कार्की वडाअध्यक्षमा निर्वाचित भएका छन् भने प्रेमसिह धामी र पुलेन्द्रवहादुर कार्कीले आफ्नो गाँउपालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् । वडा सदस्यमा निर्वाचित कृष्णसिह धामी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित बनेका छन् । 
स्थानीय चुनाव लडेका तर असफलता भोगेका चारजना परिषद् सदस्य छन् । हुतीका उपेन्द्रसिह कुवरले व्यास गाँउपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका थिए भने शेरीका देवसिह महराले मार्मा गाँउपालिका अध्यक्ष र खण्डेश्वरीका भक्तसिह ठेकरेले अपिहिमाल गाँउपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । खण्डेश्वरीका देवकी बोहराले अपिहिमाल गाँउपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । 
छ जना निर्वाचित र ४ जना पराजित व्यक्तिहरुले उपभोक्ता समिति अध्यक्ष एवं व्यवस्थापन परिषद् सदस्यबाट राजीनामा दिएका छैनन् ।
बजेट विनियोजनमा सहभागी छैन, पद पनि छोड्छु ः प्रेमसिह धामी 
अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सदस्य रहेका नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले आफु अपिनाम्पाको बजेट विनियोजनमा सहभागि नभएको र परिषद् सदस्य पद पनि छोड्न तयार रहेको बताएका छन् । 
सिप्टी उपभोक्ता समिति अध्यक्ष र व्यवस्थापन परिषद् सदस्य रहेका धामीले आफु स्थानीय सरकारको नेतृत्वमा रहेकाले उपभोक्ता समिति र परिषद्मा बसिरहनु आवश्यक नभएको बताउनुभयो र्। गएको असोजमा छुट्याएको बजेट र कार्यक्रममा म सहभागी छैन, उपभोक्ता समितिबाट अन्य पदाधिकारीहरुले सम्झौता गरेका छन्’ अध्यक्ष धामीले भन्नुभयो । तत्कालिन अवस्थामा आफुले उपभोक्ता समितिको नेतृत्व गरेको र परिषद् नेतृत्वको पहल गरे पनि नयाँ परिवेशमा अरुलाई जिम्मेवारी दिने तयारी गरेको उहाँले बताउनुभयो । 
असोज ६ र ७ गते बसेको अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को बैठकमा नौगाड गाँउपालिका अध्यक्ष समेत रहनुभएका प्रेमसिह धामी र गुल्जर उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिह बोहराको उपस्थिति छैन । 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली