स्थानीय सरकारको प्राथमिकतामा सडक,, जिल्लाका तीन गाउँपालिका सडकले छोएनन् ।।

दार्चुला समाचार,,
दार्चुलाका ९ पालिकामध्ये तीन पालिकालाई सडकले छुन सकेको छैन । जिल्लाका अपिहिमाल, व्यास र लेकम गाउँपालिकाका कुनै पनि भाग सडकले छोएका छैनन् । त्यति मात्रै नभएर सदरमुकामसम्म सडक पुगेका दुई नगरपालिका र चार गाउँपालिकाका बस्तिहरु पनि सडक सञ्जालमा जोडिएका छैनन् । त्यसैले राष्टिय सडक सञ्जालमा जोडिन बाँकी रहेका स्थानीय तहबाहेक सबै स्थानीय तहको प्राथमिकतामा सडक योजनाहरु छन् ।
सडकले छुँदै नछोएको लेकम गाउँपालिकाले सडक निर्माणका लागि १ करोड रुपैयाँ छुट्याएर सडक निर्माण आफ्नो प्राथमिकतामा परेको पुष्टि गरेको छ । लेकम गाउँपालिकाले तिउनेगाउँ गोकुलेश्वर सडक निर्माण गरेर लेकमलाई मूख्य सडकसम्म जोड्न महत्वपूर्ण काम सम्पन्न गर्ने निमित्त प्रशासकीय प्रमुख नारायण भट्टले जानकारी दिनुभएको छ । 
व्याँस गाउँपालिकाका कुनै पनि भागलाई सडकलाई छोएको छैन तर पनि व्यास गाउँपालिकाले सडक निर्माणमा वजेट भने छुट्याएको छैन । महाकाली करिडोरका रुपमा निर्माण हुँदै गरेको दार्चुला तिंकर सडक निर्माण हुन लागेकोले मुख्य सडकका लागि आफूहरुले रकम विनियोजन नगरेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो । हुति हुँदै तिंकरसम्मको मुख्य सडक निर्माण भएपछि बस्तिहरुसम्म सडक निर्माण गर्ने अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
सदरमुकामबाट करिब २६ कोष उत्तरपूर्वमा रहेको अपिहिमाल गाउँपालिकाको मुकामसम्म पुग्ने गरी निर्माण हुन लागेको पारिबगड मकरीगाड सडक निर्माणको लागि ठेक्का प्रक्रिया भएको छ । करिब १२ किलोमिटर लम्बाइ रहेको यो सडक केन्द्रीय रणनीतिक सडक अन्तर्गत कार्यान्वयन हुने भएकाले गाउँपालिकाले यो सडक निर्माणका लागि वजेट विनियोजन नगरेको बताउँदै गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले मूख्य सडक निर्माण भएपछि गाउँपालिकाले बस्तिहरुसम्म पुर्याउन सडक निर्माणका योजनाहरु तय गर्ने बताउनु भयो । गाउँपालिकाका केही वडा खलंगा दल्लेक धुलिगडा देथला सडकले छोएको नौगाढ गाउँपालिकाले अरु दुई गाउँपालिकालाई समेत सडक सञ्जालमा जोड्ने महत्वाकांक्षि योजना अगाडि सारेको छ । नौगाडको होपरीबाट सुरु हुने होपरी सिप्टी मार्मा अपिहिमाल जोड्ने सडकका लागि यो आर्थिक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । होपरी सिप्टी मात्रै नभएर दल्लेक इयरकोट सडक निर्माणमा पनि पालिकाले प्राथमिकता दिएको अध्यक्ष प्रेमसिह धामीले बताउनु भएको छ ।
नगरपालिका मुकाम र केही वडाहरुमा समेत सडक पुगेको शैल्यशिखर नगरपालिका र सडक डिभिजन कार्यालयको संयुक्त लगानीमा ७० लाखमा निर्माण गरिने गरी शैल्यशिखर नगरपालिकाले दुई सडकलाई यो आर्थिक वर्ष निर्माण प्राथमिकतामा राखेको छ । बन्तोली झरकडा सडक र बगोरा रानिशिखर सडक निर्माण प्राथमिकतामा राखेको शैल्यशिखर नगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताउनु भएको छ । पालिका मुकामसम्म सडक पुगेको मार्मा गाउँपालिकाले पनि सडकलाई नै प्राथमिकता दिएको छ । ‘मुकामसम्म मात्रै सडक छ अन्य कुनै क्षेत्रलाई सडकले छोएको छैन, विकासको मुख्य आधार भनेकै सडक भएकाले सडकलाई प्राथमिकता दिएको हौं ।’ अध्यक्ष जमनसिह धामीले भन्नुभयो । पारिबगड गुल्जर सडक निर्माणको लागि डिपिआर तयार पार्ने काम भइरहेको बताउँदै उक्त सडक दुई उपभोक्ता समितिमार्फत हुने अध्यक्ष धामीको भनाई छ ।
महाकाली लोकमार्गमा पर्ने मालिकार्जुन गाउँपालिकाले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । मालिकार्जुन गाउँपालिकाले ऐरिछना डाडाकोट लाली सडकलाई प्राथमिकतामा राखेको अध्यक्ष नरेन्द्रसिह धामी बताउनुहुन्छ । त्यसैगरी साविक ब्रह्मदेवको घाङलदेखि बारबाज, फारा पोक्से सुत्खोला हुँदै तिंकर सडकसम्म जोड्ने ग्रामीण सडक सर्भे हुने क्रममा रहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली