सदरमुकाममा बसेर योजनाको फरफारक गर्ने प्रबृत्ति त्याग्नुपर्ने प्रजिअ गौतमको निर्देशन ।।

दार्चुला समचार ,,
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सदरमुकाममै बसेर योजनाहरुको फरफारक गर्ने प्रबृत्तिलाई त्याग्नु पर्नेमा जोड दिनु भएको छ । जिल्लाका धेरै योजनाहरुको फरफारक गर्दा प्राविधिकहरुले जिल्ला सदरमुकामै बसेर गर्ने गरेको बताउदै यस्ता प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी गौतमले निर्देशन दिनु भएको छ ।
जिल्ला शिक्षा कार्यालयद्धारा आयोजित अभुमिखीकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी गौतमले यो वर्ष निर्माण हुन लागेका विद्यालय भवनहरुको फरफारक गर्दा स्थलगत अनुगमन, अवलोकन गरेर मात्रै फरफारक गर्न निर्देशन दिनु भएको छ । भवनको गुणस्तर जाँच नगरी फरफारक गर्ने प्रबृत्तिले भवन निर्माण गरेको २ वर्षमै भत्काउनु पर्ने अवस्था आएको बताउनु भएको छ । साथै न्युन गुणस्तरका भवन निर्माण गर्नु भनेको विद्यार्थीहरुको जोखिम निर्माण गर्नु जस्तै भएकाले बालबालिका अध्ययन गर्ने भवन निर्माण गर्दा प्राविधिक सल्लाहका आधारमा मात्रै भवन निर्माण गर्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी गौतमले जोड दिनु भएको हो । “गुणस्तरहीन भवन निर्माण गर्दा विद्यार्थीहरुको काल बन्न सक्छ, त्यसैलै भवन निर्माण गर्दा प्राविधिक सल्लाह र प्ररामर्शका लिएर मात्रै भवन निर्माण गर्नु पर्छ ।” प्रजिअ गौतमले भन्नु भयो ।
त्यसैगरी कतिपय विद्यालयहरुको भवन निर्माण गुणस्तरहीन बनाएर आर्थिक चलखेल गरि भवन पास गराएको घट्नाको स्मरण गराउदै यस्तो कार्य नगर्न नगराउन समेत प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आग्रह गर्नु भएको छ । चालु आर्थिक वर्षको समय निकै कम रहेकाले यथाशिघ्र काम सञ्चालन गरि समयमै सम्पन्न गर्नु पर्ने बताउदै समयमै सम्पन्न नगरे रकम फ्रिज जाने समेत बताउनु भएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली