चमेलिया उद्घाटनको औपचारिक तयारी गरिदै

दार्चुला समाचार,,
प्रदेश नम्बर ७ मा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना चमेलियाको माघ २७ गते उद्घाटन हुने निश्चित भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तालिका बनेपछि आवश्यक तयारीका लागि गृह मन्त्रालयबाट जिल्लास्थित स्थानीय प्रशासनलाई सर्कुलर आएको छ ।
आजै जिल्ला सुरक्षा समितिको बैठक बसेर चमेलिया उद्घाटन कार्यक्रमको सुरक्षा प्रबन्धबारे छलफल गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमण हुने भएपछि उच्च सुरक्षा व्यवस्थापनको गृहकार्य हुन लागेको हो ।
दार्चुलास्थित चारवटै सुरक्षा निकायको टोली कार्यक्रमको सुरक्षामा परिचालन गर्ने निर्णय गरिएको प्रजिअ गौतमले जानकारी दिनुभयो । चमेलिया जलविद्युत आयोजनास्थलमा सशस्त्र प्रहरीको टोली पहिलेदेखि नै राखिएको छ । जिल्लास्थित नेपाली सेनाको गुल्मबाट समेत सुरक्षाटोली चमेलियाको आयोजनास्थलमा परिचालन गरिने भएको छ । नेपाल प्रहरीले गोकुलेश्वर, लटिनाथलगायत अन्य प्रहरी युनिटबाट समेत थप सुरक्षाकर्मी चमेलियाको आयोजनास्थलमा परिचालन गर्ने तयारी गरेको छ ।
११ वर्षदेखि निर्माणाधिन ३० मेगावाट क्षमता चमेलिया जलविद्युत आयोजनाको उद्घाटन माघ २७ गते विहान साढे ११ बजे राखिएको छ । प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा र अर्का मन्त्री जयन्त चन्द पनि चमेलियाको उद्घाटनमा आउने भएका छन् ।
काठमाण्डौबाट माघ २७ गते विहान प्रधानमन्त्री र ऊर्जा मन्त्रीसहितको टोली हवाइजहाजमार्फत नेपालगञ्ज आउनेछ । नेपालगञ्जबाट दुइटा हेलिकोप्टरमार्फत प्रधानमन्त्री र ऊर्जामन्त्रीको टोली चमेलियाको आयोजनास्थल पुग्नेछ । चमेलियाको आयोजनास्थल बलाँचमा दुइटा हेलिप्याड निर्माण गरिएका छन् । एउटा हेलिप्याड पहिल्यैदेखि बनाइएकोमा अर्को नयाँ हेलिप्याडको समेत निर्माण भएको चमेलिया जलविद्युत आयोजनका प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली