दुइटा परीक्षा केन्द्र थप्न सिफारिस,, कुन कुन केन्द्र थपिए त ।।

दार्चुला समाचार ,,
कक्षा ११ र १२ को परीक्षाका लागि दार्चुलामा दुइटा परीक्षा केन्द्र थप्ने सिफारिस गरिएको छ । बुधवार बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले सिप्टी र बलाँचमा परीक्षा केन्द्र थप्न राष्टिय परीक्षा बोर्ड सिफारिस गर्ने निर्णय गरेको हो ।
आगामी वैशाखमा सञ्चालन हुने परीक्षाका लागि केन्द्र निर्धारण सम्बन्धि निर्णय भएको जिल्ला शिक्षा अधिकारी खगेन्द्रवहादुर सिंहले बताउनुभयो । सत्यप्रकाश मावि देथला र कृष्ण मावि बलाँचका विद्यार्थीहरुले गतवर्षसम्म बैतडीको सिमारस्थित परीक्षा केन्द्रबाट परीक्षा दिदैआएका थिए । विद्यार्थीहरुको सुविधाका लागि बलाँचमा केन्द्र थप्न सिफारिस गर्ने निर्णय भएको जिशिअ सिंहले जानकारी दिनुभयो ।
नौगाड गाँउपालिकास्थित गणेशविनायक मावि सिप्टी र लटिनाथ मावि खारका परीक्षार्थीले लटिनाथ केन्द्रबाट परीक्षा दिदैआएकोमा यो वर्षदेखि मावि सिप्टीमा अर्को परीक्षा केन्द्र राख्न सिफारिस गरिएको छ ।
हालसम्म दार्चुलामा कक्षा ११ र १२ को परीक्षाका लागि १० वटा परीक्षा केन्द्र निर्धारण भएका छन् । सिफारिस भएका दुइटा केन्द्र राष्टिय परीक्षा बोर्डबाट स्वीकृत भएपछि परीक्षा केन्द्रको संख्या एक दर्जन पुग्नेछ । यो वर्ष कक्षा १२ को परीक्षा वैशाख १४ देखि र कक्षा ११ को वैशाख २७ देखि हुँदैछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता हुने जिल्ला परीक्षा समन्वय समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धन विभागका जिल्ला प्रमुखहरु सदस्य हुन्छन् भने जिल्ला शिक्षा अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली