चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,,
११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले भने बाल्न पाउने छैनन् । आफ्नै भुभागबाट बगेको चमेलियालाई छेकेर निर्माण गरिएको विद्युत आयोजनाको बिजुली बाल्न नपाएकपछि चमेलिया आयोजना भने दार्चुलाबासीलाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तै भएको छ ।
चमेलियाको औपचारिक उद्घाटन
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाचमा रहेको चमेलिया जलविद्युत आयोजनाको आज प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन् । दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको विद्युत गृह परिषरमा रहेको ताम्रपत्र अनावरण गरे र लगत्तै दोस्रो तलामा रहेको मुख्य स्वीच थिचेर आयोजनाको औचारिक उद्घाटन गरेका हुन् । 
आयोजनासँग रहेको दुई युनिटमध्ये एक युनिट पुस २८ गते सञ्चालन गरी विद्युत राष्टिय प्रसारण लाइनमा पठाएको थियो भने अर्को युनिट माघ १८ गते सञ्चालन गरी राष्टिय प्रसारण लाइनमा जडान गरिएको थियो । पन्ध्र पन्ध्र मेगावाटका दुई युनिटबाट पिक आवरमा छ घण्टा विद्युत आपूर्ति गर्ने गरी आयोजनाले विद्युत राष्टिय प्रसारण लाइनमा छोड्ने आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो ।
सुदूरपश्चिमकै लामो प्रसारण लाइन र देश कै अग्लो ड्याम
आयोजना स्थल बलाचबाट राष्टिय प्रसारण लाइन अत्तरियासम्म जोड्ने १ सय ३१ किलोमिटर सुदूरपश्चिम कै लामो प्रसारण लाइनमार्फत विद्युत राष्टिय प्रसारण लाइनमा जोडेको चमेलियासँग देशकै उच्च बाँध समेत रहेको छ । बैतडीको कोटपेटरा, दार्चुलाको शेरी र लटिनाथ गाविसको सिमाना पर्ने बिटुलेमा ५८ मिटर अग्लो बाँध निर्माण गरि आयोजनाका लागि जलासय निर्माण गरिएको छ । यो जलायस नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सबैभन्दा उच्च बाँध रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी गराउनु भएको छ ।
१९ महिना पूर्ण बन्द ११ पटक म्याद थप १५ पटक बन्द
चमेलिया आयोजनामा भ्रष्टाचार भएको भन्दै जनार्दन शर्मा लेखा समितिको सभापति भएका बेला चमेलिया आयोजना निर्माणको काम बन्द गर्न निर्देशन गरिएको थियो । समितिले काम बन्द गर्न दिएको निर्देशन जनार्दन शर्मा नै उर्जा मन्त्रीभएपछि झण्डै १९ पछि आयोजनाको काम सुरु गरिएको थियो । समितिले तत्कालीन युवा तथा खेलकुद मन्त्री राजन केसीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनलाई आधार मान्दै चमेलियमा भ्रष्टाचार भएको भन्दै १० फेब्रुअरी २०१५ देखि बन्द गरिएको चमेलियाको काम २८ सेप्टेम्बर २०१६ बाट मात्रै सुरु गरिएको थियो । २००९ को अप्रिल अन्त्यमा निर्माण गर्ने सम्झौता भएको चमेलिया जलविद्युत आयोजनाको म्याद पटक पटक गरी ११ पटक थपिएको थियो भने ३ पटक निर्माण सम्पन्न गर्ने मिति तय गरिएको थियो ।
पहिलो पटक डिसेम्बर २०११ मा कार्य सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले पहिलो पटक त्यो लक्ष्य २०१३ को अगस्टको अन्त्यमा सार्यो । त्यो समयसिमामा समेत आयोजना निर्माण हुन नसकेपछि आयोजना पूर्ण गर्ने लक्ष्य २०१५ को मध्य मार्चलाई तोकियो भने तेस्रो पटक मार्च २७, २०१६ मा सक्ने लक्ष्य सारिएको थियो तर आयोजना पहिलो पटक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको झण्डै ६ वर्षपछि मात्रै सम्पन्न भएको छ ।
यति मात्रै नभएर पटक पटक गरेर आयोजनाको निर्माण काम १५ पटक रोकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् औपचारिक कार्यक्रममै स्वीकार गर्नु भएको छ । कहिले केही र कहिले केही कारणले कहिले १९ महिना त केहिले २ दिन गरी आयोजना निर्माणको काम १५ पटक अबरुद्ध भएको थियो ।
डिपिआरमा समस्या
आयोजनाको भोगोलिक र अन्य अवस्थाको अध्ययन गरी निर्माण गरिएको बिस्तृत अध्ययन प्रतिवेदन अनुसार भुबनोट नभएका कारण आयोजनाले थप ढिलाई र आर्थिक चलखेलको शिकार हुनु पर्यो । आयोजनाको कूल ६ सय ११ मिटर लामो सुरुङमार्ग मध्ये २ सय ३२ मिटर सुरुङ कमजोर भुबनोटका कारण खुम्चियो । डिपिआरमा सुरुङ खुम्चिने र खुम्चिदा कसले व्ययभार व्यहोर्ने भन्ने वारेमा प्रष्ट नहुँदा निर्माणको जिम्मेवारी पाएको चिनिया गेजुवा ग्रुप कोअप्रेसन ९सिजिजिसी०ले थप रकम दाबि गर्यो । निर्माण कम्पनीले रकम दाबि गर्दै रकम नपाएको भन्दै काम बन्द गर्यो । यही थप दाबिका कारण चमेलियामा थप आर्थिक चलखेल भएको र भ्रष्टाचार भएको कतिपयको बुझाइ छ । तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीले सिजिजिसीले दाबि गरेको रकम १ अर्ब १ करोड रकम कम्पनीलाई दिने गरेर निर्माण कम्पनीबाट कमिसिन लिएको भन्दै मन्त्री ज्ञवालीको आलोचना समेत भएको थियो ।
प्रतिमेगावाटको लागत ५३ करोड
छ वर्ष ढिला गरी दोब्बर रकम खर्चेर निर्माण सम्पन्न हुन लागेको चमेलिया जलविद्युत आयोजनामा भएको खर्चको हिसाब गर्ने हो भने १ मेगावाट विजुली उत्पादन गर्न ५३ करोड खर्च भएको देखिन्छ । यद्यपि अन्तिम खर्च अझै आउन बाँकी रहेकाले यो रकममा थोरै बृद्धि हुन सक्ने आयोजना प्रमुख दहालले जानकारी दिनुभएको छ । आयोजनाको लागत बढ्नुमा नाकाबन्दी भएको बेला निर्माण सामग्री उपलब्ध नहुनु, सरकार र विभिन्न व्यक्तित्वलाई १०२४ देखि १०३२ नम्बरसम्मका बिलासी गाडिहरु खरिद गर्नु पनि रहेको जानकारहरु बताउँछन् । चमेलियाका बिलासी गाडिहरु प्रधानमन्त्रीदेखि मन्त्रीहरुले समेत प्रयोग गर्ने गरेका छन् ।
आयोजना उद्घाटन भएपनि स्थानीयलाई छैन बिजुली
३० मेगावाटको चमेलिया आयोजनाको आज औपचारिक उद्घाटन गरिएको भएपनि चमेलियाबाट उत्पादित बिजुली भने स्थानीयले बाल्न पाउने छैनन् । आयोजना स्थलमा दार्चुला र बैतडीका लागि निर्मामाण गरिएको सब स्टेसनबाट प्रसारण लाइन बिस्तारन हुन नसकेकाले दार्चुला र बैतडीका स्थानीयले चमेलियाको बिजुली बाल्न नपाएका हुन् । झण्डै ७ करोड लगानीमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ७ लाथिगाडमा निर्माण हुन लागेको सबस्टेसनसम्म प्रसार लाइन पुर्याइ बस्तिबस्तिसम्म विद्युत लाइन पुर्याउन सके मात्रै दार्चुलाबासीले चमेलियाको विजुली बाल्न पाउनेछन् ।
स्थानीयलाई बिजुली दिने सन्भर्दमा आयोजनाले समेत ढाँटको स्थानीयको आरोप छ । आयोजनाले निर्माण अवधि मै दार्चुालका शेरी, लटिनाथ र शिखर गाविस तथा बैतडीका रुद्रेश्वर र कोटपेटरा गाविसमा विद्युतीकरण गर्ने सम्झौता भएको भएपनि ती गाविसमा अहिलेसम्म विद्युतीकरण हुन सकेको छैन । प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल बिजुली दिने सम्झौता स्थानीयसँग भएको भएपनि अहिलेसम्म ती क्षेत्रमा विद्युतीकरण नभएको मार्मा गाउँपालिका वडा नम्बर ६ का स्थानीय शंकर कोट्टारीले बताउनु भयो । ‘त्यतिबेला प्रभावित क्षेत्रमा विद्युतीकरण गर्ने सम्झौता भएको तर अहिले न अयोजनाले हेर्यो न राजनीतिक दलहरुले नै स्थानीयलाई बिजुली दिन पहल गरेका छन् ।’ कोट्टारीको भनाई छ ।
यस्तो छ खर्च विवरण
चमेलियाको अनुमाति खर्च १५ अर्ब ९० करोड रहने आयोजना प्रमुख अजय कुमार दहालले बताए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कूल लागत १५ अर्ब रहने अनुमान गरेको बताउनु भएको छ । 
आयोजना उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युच गृहका लागि जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब ७ अबै ८४ करोड, परामर्श सेवातर्फ करिब ६० करोड गरी जम्मा ८ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ । त्यसैगरी १ सय किलोमिटर लम्बाइ बलाँच अत्तरीया प्रसारण लाइनको निर्माणमा २ अर्ब ५४ करोड, १३२÷३३ के।भि। तथा ३३÷११ के।भि। सबस्टेसन निर्माण र ३३÷११ के।भि। प्रसारण लाइन निर्माणमा १९ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाले सामाजिक विकास एवम् वातावरण संरक्षण कार्यमा ५ करोड, मूल्य समायोजन, बिदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको निर्देशक घिसिङ्ले उद्घाटन कार्यक्रममा जानकारी दिनुभयो ।
चमेलियाको प्रसारणलाईनमा ५ आयोजनाको बिजुली
चमेलियाल आयोजनाले निर्माण गरेको १ सय ३१ किलोमिटर लामो प्रसारण लाइनमा अपि हाइड्रोपालरको ८ दशमलब ५ मेगावाट प्रसारण भैसकेको छ भने माथिल्लो चमेलिायको ८५ मेगावाट, मध्य चमेलियाको १६ मेगावाट, कलिंगागाडको ६५ मेगावाट र छत्तिगाडको २५ मेगावाट विजुली पनि चमेलिया कै प्रसारण लाइनमा जोडिनेछ । 
कसले के भने रु
चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटनमा दार्चुला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेश जलविद्युतका हिसाबले देश कै धेरै क्षमता भएको प्रदेश भएको बताएका छन् । प्रधानमन्त्री देउवाले ७ नम्बर प्रदेशसँग २० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको बताउँदै आउँदा दिनमा सबै नेपालीले बिजुली बाल्न पाउने बताउनु भयो । आयोजना स्थल पुगेका उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले तत्काल स्थानीलाई बिजुली उपलब्ध गराउने प्रबन्ध गर्न विद्युत प्राधिकरणलाई निर्देशन गर्नु भयो । अयोजना निर्माण सम्पन्न भएपनि आयोजना निर्माण क्षेत्रका स्थानीयले विजुली बाल्न नपाउने अवस्था सिर्जना भएको सुन्नमा आएको भन्दै उप प्रधान तथा उर्जा मन्त्री थापाले प्राधिकरणलाई चार पाँच महिनाभित्र स्थानीयलाई विजुली दिने व्यवस्था मिलाउन निर्देशन गर्नु भयो । उर्जा मन्त्री थापाले  योजना अनुसार जलविद्युत आयोजनाहरु निर्माण हुने हुन् भने विजुलीको पहुँचमा नभएका ४० प्रतिशत नेपालीहरु पनि ५ वर्षभित्रै विजुली बाल्न पाउने बताउनु भयो । देशमा लोडसेडिङ्को अन्त्य गरेको भन्दै प्रसंसा पाउने गरेको विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बढि लागत र कार्यान्वयनमा ढिलाई भएको आलोचना खेपेको चमेलिया आयोजनामा शंकाले समेत ढिलाइ गरेको बताउनु भयो । भौगोलिक बिकटता र भौगर्भिक संरचनाका कारण उत्पन्न जटिलताका कारण आयोजना निर्माणमा समस्या देखिएको बताउँदै निर्देशक घिसिङले समस्यालाई वस्तुपरक ढंगले लिनु पर्ने बताउनु भयो ।
होलिकोप्टरमार्फत प्रधानमन्त्री चमेलिया
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाचमा पर्ने चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली तीनवटा हेलिकोप्टर मार्फत आयोजना स्थल पुगेको थियो । प्रधानमन्त्री साढे ११ बजे आयोजना स्थल पूग्ने पूर्व निर्धारित कार्यक्रम भएपनि प्रधानमन्त्री झण्डै डेढ घण्टा ढिलो आयोजना स्थल पुगेका थिए ।
प्रधानमन्त्रीको टोली अवतरणका लागि सशस्त्र प्रहरीको व्यारेकमा दुई कृष्ण मावि बलाचको मैदानमा एक हेलिप्याड निर्माण गरिएको थियो ।
डेढ सय बढी सुरक्षाकर्मी परिचालन
चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्न आयोजना स्थल पुगेका प्रधानमन्त्री तथा उनको टोलीको सुरक्षाका लागि निजी र प्रधानमन्त्रीको कार्यालयको सुरक्षाबाहेक डेढ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।
प्रधानमन्त्रीको सुरक्षाका लागि भिभिआइपी सुरक्षा कार्यविधि २०७० अनुसार नेपाली सेनाको सेना मुख प्रधानमन्त्रीको सुरक्षाका लागि खटिने थियो । दार्चुलामा रहेको दुर्गा दल गुल्मका गुल्मपतिको नेतृत्वमा ४० जनाको टोली प्रधानमन्त्री र कार्यक्रमको सुरक्षामा खटिने गुल्मपति सन्तोष गुरुङले जानकारी दिनुभएको छ । सेनाको टोली शनिवार बिहान मात्रै आयोजना स्थल पुगेको थियो ।
प्रधानमन्त्री कै सुरक्षाका लागि बलाच मै रहेको सशस्त्र प्रहरीले डिएसपी श्याममणी ढकाल र सिमा सुरक्षा गुल्म खलंगाका डिएसपी अम्बिकाप्रशाद जोशीको नेतृत्वमा ६५ जना सशस्त्र प्रहरीको टोलि समेत खटिएको थियो । त्यसैगरी जनपद प्रहरी प्रमुख डिएसपी जनबहादुर शाहीको नेतृत्वमा ७३ जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिइको थियो । राष्टिय अनुसन्धानले भने मार्मा सेक्टर हेर्ने अधिकारीको नेतृत्वमा सुरक्षा वस्तुस्थिति आँकन गरिरहेको डिएसपी बिरेन्द्रसिह कार्कीले जानकारी गराउनु भएको छ ।
प्रदेश प्रमुख र उर्जा सचिव चमेलियामा
उद्घाटन कार्यक्रमका लागि प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्ल, उर्जा सचिव अनुप कुमार उपाध्याय, ७ नम्बर प्रदेश प्रमुख सचिव लक्ष्मी पौडेलसहितको टोली पहिलो पटक शुक्रवार नै आयोजना स्थल पुगिसकेका थिए । 
 

महिलाहिसां मुक्त आखीर कहिले त ?

सुसिला ठगुन्ना , महाकाली नगरपालीका ४ खलंगा  ..   नेपाल सरकारले पनि प्रयास नगरेकै हो त भन्दैनौ नेपाल सरकारले पनि प्रत्येक बर्ष नोबेम्बर २५ तारीख देखी

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको