एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,,
प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको बताएका छन् । नेपालमा एउटै योजनाको सुरु र निर्माण सम्पन्न भएपछि उद्घाटन गर्ने पहिलो व्यक्ति आफु भएको उहाँले बताउनुभएको छ । चमेलिया जलविद्युत आयोजनाको शनिवार शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ बलाँचमा उदघाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका छन् । विकास निर्माणका योजनाहरु एउटाले सुरु गर्ने र अर्को व्यक्तिले उद्घाटन गर्ने प्रवृतिप्रति प्रधानमन्त्रीको भनाई लक्षित थियो । 
आफु सुदूरपश्चिममै जन्मेहुर्केकाले यहाँको वस्तुस्थिति र आवश्यकताबारे आफुलाई धेरै जानकारी भएको उहाँले बताउनुभयो । २०३६ र २०४७ सालमा आफुले दार्चुलाका चप्पीचप्पी भ्रमण गरेको उहाँले स्मरणसमेत गर्नुभयो । जलस्रोतमा सबभन्दा धनी प्रदेश भएकाले सुदूरपश्चिमको विकासको ढोका खोलिएको देउवाको भनाई छ । २० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना सुदूरपश्चिममा भएको बताउदै प्रधानमन्त्रीले नीजिक्षेत्रलाई लगानी गर्न आव्हानसमेत गर्नुभएको छ । 
चमेलिया नदीकै वरिपरी धेरै सम्भावना रहेको देउवाको भनाई छ । आयोजनामा पहिलो हक स्थानीय भएकोले स्थानीयका माग र आवश्यकताका लागि सम्बोधन गर्ने भनाई प्रधानमन्त्रीको छ । 
थोरै अतिथिलाई सम्बोधन 
चमेलिया जलविद्युत आयोजना उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएको प्रधानमन्त्रीले आफ्नो सम्बोधनको सुरुवातीमा धेरै कम अतिथिलाई सम्बोधन गर्नुभयो । कार्यक्रमको अध्यक्षता गरिरहनुभएका ऊर्जा सचिव अनुप उपाध्यायलाई देउवाले सम्बोधन गर्नुभएन । 
मन्तव्यको सुरुवातीमा उपप्रधानमन्त्री कमल थापा, ऊर्जा राज्यमन्त्री, राष्टिय योजना आयोगका सदस्य र कोरियन राजदूतलाई मात्रै प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो । देउवाले सम्बोधन सुरु गर्दा कोरियन राजदूत भने मञ्चबाट बाहिर थिए । मञ्चमा प्रदेश प्रमुख, विशिष्ट श्रेणीका सरकारी अधिकारी र राजनीतिक क्षेत्रका नेतृत्व उपस्थित थिए । तर प्रधानमन्त्री देउवाले सबैलाई सम्बोधन गर्नुभएन । 
लिखित भाषण पढिएन
प्रधानमन्त्री देउवाले चमेलियाको उद्घाटन कार्यक्रमका लागि लिखित भाषण बोकेका थिए । तर सम्बोधनको प्रारम्भ गर्दै उहाँले आफु लिखित भाषण पढनतर्फ नलाग्ने बताउनुभयो । लिखित भाषण नपढी आफ्नो भनाई राख्छु भन्दै प्रधानमन्त्रीले सम्बोधनलाई निरन्तरता दिनुभयो । पानीबाट उत्पादित विद्युतको महत्वबारे देउवाले भनाई राख्नुभयो । न्युन वातावरणीय प्रभाव पर्ने आयोजनाबारे प्रधानमन्त्रीले मौखिक भनाई राख्नुभयो । केही वाक्य भने फेरि उहाँले लिखित मन्तव्य राख्नुभएको थियो । 
मन्त्रीहरु र राजदूत केही मिनट मात्रै मञ्चमा
चमेलियाको उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित ५ जना मन्त्रीहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमअन्तर्गत आसनग्रहण गराइएको केही मिनेटमै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबाहेक अरु सबै मन्त्री मञ्चबाट बाहिर निस्किए । 
कोरियन राजदूतले पनि आफ्नो मन्तव्य राख्नेवित्तिकै मञ्च छोडेका थिए । मञ्चबाट बाहिरिएका मन्त्रीहरु र कोरियन राजदूत सम्भवतः पावरहाउस र आयोजना संरचनाको अवलोकनमा निस्केको थिए । 
काग्रेस नेता एवं पूर्व पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडू पनि मञ्चमा धेरै बस्नुभएन । उदघाटन कार्यक्रम छोटो हुने र धेरै कम अतिथिले मात्रै मन्तव्य राख्ने अवस्था देखेपछि मञ्चबाट मन्त्री र अतिथिहरु बाहिर निस्केका देखिन्थे । चमेलियाको उद्घाटनमा प्रधानमन्त्री, उपप्रधानमन्त्री कमल थापा, ऊर्जा राज्यमन्त्री, राज्यहरु नरवहादुर चन्द र जयन्त चन्द सहभागि हुनुहुन्थ्यो ।  
कमल थापाले गरे कुलमानको प्रसंसा 
चमेलियाको उद्घाटनमा सहभागि उपप्रधान एवं ऊर्जा मन्त्री कमल थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रसंसा गर्नुभएको छ । लामो समयदेखि लोडसेडिङ भोगिरहेको मुलुक र जनतालाई लोडसेडिङबाट मुक्ति दिएकोमा घिसिङको प्रसंसा गरिएको हो । विद्युत प्राविधिकरणको नेतृत्वकर्ता र प्राविधिकहरुका कारण लोडसेडिङको गम्भीर समस्या हल भएको उहाँले बताउनुभयो । केही महिनाभित्र चमेलिया आयोजना वरिपरीको क्षेत्रमा विद्युत सेवा विस्तार गर्न समेत उपप्रधानमन्त्री थापाले प्राविधिकरण व्यवस्थापनलाई आग्रह गर्नुभयो । 
विद्युत् र पिछडीएको क्षेत्रमा राख्न माग गर्दै शेरीका स्थानियद्धारा प्रधानमन्त्रीलाई ज्ञापन 
चमेलिया जलविद्युत् निर्माण गर्दा प्रभावित क्षेत्रमा रहेको साविकको शेरी गाविसका स्थानियहरुले आयोजना स्थलमै आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । आयोजनाको ड्याम साइटसंग जोडिएको मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीका स्थानियले प्रधानमन्त्रीलाई विद्युत् लाईन विस्तारको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्लामै उत्पादित विद्युत् बाल्न नपाउनु दार्चुलाबासीको लागि दुःखद भएको भन्दै यथाशिघ्र विद्युत् सेवाको माग गर्दै ज्ञापन पत्र बुझाएको स्थानियले बताएका छन् । शेरीमा विद्युत् लाईन विस्तारको लागि जनप्रतिनिधि तथा राजनीतिक दलहरु मौन रहेको भन्दै स्थानियहरु मिलेर ज्ञापन पत्र बुझाएको उनीहरुको गुनासो छ । त्यसैगरी चमेलिया नदी किनारमा तटबन्ध निर्माण गर्न माग समेत स्थानियहरुको छ ।
त्यस्तै मार्मा गाउँपालिकालाई पिछडिएको क्षेत्रको सूचीमा राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नै दार्चुला जिल्लालाई सुगम जिल्लाको सूचिमा राखेको प्रति दुःख व्यक्त गर्दै मार्मा गाउँपालिका पिछडिएको क्षेत्रमा राख्न माग गरेका छन् । साथै होपरीगाड–सिप्टी–तपोवन सडक यथाशिघ्र सञ्चालनको माग समेत गरेका छन् । जुन सडक निर्माणका लागि नौगाढ गाउँपालिकाले १ करोढ बजेट विनियोजन गरेको छ ।
त्यसैगरी शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिँह धामीले समेत विभिन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । त्यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिँह बोहराले पनि गोकुलेश्वर विमान स्थल पुनः निर्माण गरि हवाई सेवा सञ्चालनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन