कहाँ चुक्यौं हामी ?

पदम बडाल , दार्चुला 
राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको चमेलिया जल विद्युत आयोजनाको उद्घाटन भई रहँदा दार्चुलाबासीहरुले चमेलियाको बिजुली बाल्न नपाउने समाचारको पनि उत्तिकै स्थान रह्यो । आफैले शिल्यान्यास गरी आफैले उद्घाटन गर्न पाएकोमा खुसी भएका प्रधानमन्त्री र उनको पार्टीदेखि लिएर पहिलो संविधान सभादेखि हालसम्म दार्चुलाको तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने माननीयहरु र उनका पार्टीहरुले पछिल्लो घटनालाई कसरी लिएका छन् ? प्रतिक्रिया आइसकेको छैन । यद्यपि ‘हामीले प्रयास गरेकै हौं, यति ठाउँमा ज्ञापन गयौं, यति ठाउँमा भन्न लगायौं’ भनेर प्रस्तुत गरिने फेहरिस्तहरु न नेपाली काँग्रेससँग कम छ, न एमालेसँग कम छ र न माओवादी केन्द्रसँग नै त्यो फेहरिस्त कम छ । हरेक दलका नेताहरु बेला मौकामा सरोकारवाला निकायहरुमा ज्ञापन बुझाउन गएका फोटोहरु फेसबुकमा छ्यापछ्याप्ति रहेका पाइन्छन् । तर त्यसको परिणाम न थालिगाढमा समय मै सब स्टेसन बन्यो न बलाचबाट थालिगाढसम्म प्रसारण लाइन नै समय मै बन्यो । चमेलियाको काम पो अठार महिना एक पटक र पटक पटक गरी पन्ध्र पटक अबरुद्ध भएको हो, सब स्टेसन निर्माण गर्ने काम र प्रसारण लाइन बिस्तार गर्ने काम त चमेलियासँग सम्बन्धित थिएन, नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालय र निर्माण गर्ने जिम्मेवारी पाएको निकायलाई किन घचघच्याउन सकेनौं ? चमेलिया बनेकोमा जस लिन खोज्नेहरुले सब स्टेसन र प्रसारण लाइन बन्न नसकेको अपजस लिन किन तयार छैनौं ? चमेलियाको काम अठार महिनासम्म बन्द रहँदा र चमेलियाको बिजुली दार्चुलाबासीले बाल्न नपाउँदा बोल्ने कुरा त परै जाओस्, चमेलिया आयोजना सुरु हुँदा दार्चुलाका तीन र बैतडीका दुई गाविसलाई विद्युतीकरण गर्ने स्थानीयसँग गरिएको सम्झौताको स्मरण राजनीतिक दलका नेताहरुले न चुनावमा गर्न सके न चमेलियाको औपचारिक उद्घाटन हुँदा नै । उर्जा मन्त्रीसम्म कहाँबाट आवाज पुगेछ ? उनले स्थानीयले बिजुली बाल्न नपाएको भन्दै तत्काल विद्युतीकरण गर्न निर्देशन गरे तर त्यो निर्देशन अबको केही दिनका लागि मात्रै भएको हुँदा समयमै दार्चुलाबासीले चमेलियाको बिजुली बाल्न पाउने अवस्था सिर्जना हुने देखिदैन ।
केही प्रतिक्रियालाई हेर्ने हो भने दार्चुलाका सञ्चार माध्यमहरुले यो कुरालाई उठान गर्न नसकेको हो कि भन्ने पनि देखियो । हो, जुन हदसम्म यहाँको बिद्युतीकरणका लागि राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रसारण हुनु पर्दथ्यो त्यो हुन नसकेको होला तर केही सञ्चार माध्यमहरुले थोरै समय भएपनि राष्ट्रिय सञ्चार माध्यममा दार्चुलाको यो अवस्थाका बारेमा बोलेका छन् र हाम्रा स्थानीय पत्रपत्रिका र सामुदायकि रेडियोहरुले यो समस्यालाई एक पटक होइन पटक पटक उठाएका छन् । तर राज्य र नेतृत्वको दृढईच्छा शक्ति नभएसम्म दार्चुलाको बिद्युतीकरण पनि कछुवा गति मै सिमित रहनेछ ।

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको