जिल्लास्तरका सरोकारवाला र पत्रकारसंग अन्तरक्रिया।।

दार्चुला समाचार ,,
आगामी फागुन १२ गते खुवाइने हात्तीपाइले रोगको औषधि वितरण सम्बन्धि जिल्लास्तरका सरोकारवाला र पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रियामा औषधि वितरणको तयारी, व्यवस्थापन र प्रभावकारिताबारे जानकारी दिइएको छ ।
सोमबार विहान पत्रकारहरुसंग भएको अन्तरक्रियामा औषधि वितरण कार्यक्रममा मिडियाको भूमिकाबारे समेत छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख डा. रविरञ्जन शाहले हात्तीपाइले रोगको संक्रमण तथा उपचार एवं रोकथामबारे जानकारी गराउनुभएको छ ।
जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले हात्तीपाइले रोगको औषधि वितरण कार्यक्रमको तयारी तथा व्यवस्थापनबारे जानकारी दिनुभएको छ । कार्यक्रममा खोप सुपरभाइजर हरिश भट्टले सहजिकरण गर्नुभएको थियो ।
त्यसैगरी, सोमबार अपरान्ह जिल्लास्थित सरोकारवालालाई पनि कार्यक्रमबारे जानकारी गराइएको छ । जिल्ला समन्व्य समितिका प्रमुख करवीरवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायत कार्यालय प्रमुखहरु र राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नगरपालिका र गाँउपालिकास्तरका साथै स्थानीय तहका सबै वडास्तरमा समेत हात्तीपाइले रोगको औषधि वितरण सम्बन्धि अन्तरक्रिया गरिने जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
हात्तीपाइले कार्यक्रमको खर्च झण्डै ५० लाख
दार्चुलामा हात्तीपाइले रोगको औषधि वितरण कार्यक्रममा करिब ५० लाख रुपैयाँ खर्च हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कार्यक्रमको तयारी, व्यवस्थापन, जनशक्ति परिचालन, प्रसार प्रसारमा यो बजेट खर्च हुनेछ ।
फागुन १२ गते औषधि खुवाउने कार्यक्रम छ । कार्यक्रमका लागि आवश्यक व्यवस्थापन, तयारी, समन्वय र अन्तरक्रियाका लागि १५ लाख ५५ हजार रुपैयाँ खर्च हुँदैछ । स्वास्थ्यकर्मीहरुको परिचालन तथा तालिम र योजना गोष्ठीमा १५ लाख ५५ हजार खर्च हुनेछ । स्वयंसेवक परिचालनमा १८ लाख रुपैयाँ खर्च हुनेछ भने मिडिया परिचालनमा १ लाख रुपैयाँ बजेट रहेको जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले बताउनुभयो ।
औषधि वितरण कार्यक्रममा जिल्लाभरी ३ सयभन्दा बढी स्वास्थ्यकर्मी र ७ सय ३८ जना स्वयंसेवक परिचालन गरिने भएका छन् ।
 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली