महाशिवरात्री पर्वको रौनक गाकुलेश्वर महोत्सव र खलंगामा मेला सुरु ..

दार्चुला समाचार 
हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री देशैभर मंगलवार मनाइएको छ । आराध्यदेव भगवान् शिवको पूजा आराधना गरि हिन्दु धर्मालम्बीहरुले आ–आफ्नै परम्परा अनुसार यो पर्व मनाएका छन् । 
विहानै नदी, तलाउ, कुण्ड तथा पधेरामा स्नान गरि विभिन्न शिव मन्दिर अर्थात् शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा पाठ गरि यो पर्व मनाउने चलन छ । साथै यो पर्वका दिन दीन दुःखी र अशक्त प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको प्यारो दिनको रुपमा समेत मनाउने चलन छ । भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।
महाशिवरात्रीका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने जन विश्वास छ । यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वस रही आएकाले प्रत्येक घर चोक र मठ मन्दिरहरुमा आगोको धुनी जगाई भजन कीर्तन गर्ने परम्परा छ । शिवधुनी पश्चात् जाडो कम हुदै जाने भन्ने जन विश्वास रही आएका छ ।
दार्चुला जिल्लामा रहेका विभिन्न विद्यालयहरुले शिव र पार्वतीको भेषभेषामा कला पर्दशनी गरेका छन् भने विभिन्न स्थानमा कृषि जन्य बस्तुहरुको प्रदर्शनी गरिएको छ । सोही पर्वका अवसरमा दार्चुलाको गोकुलेश्वर र खलंगामा महोत्सवको आयोजन गरिएको छ ।
खलंगामा आयोजित उक्त महोत्सवको आयोजनामा विभिन्न समुदायका भेषभुषा, संस्कृति झल्किने खालका प्रदर्शनी गरिएको थियो भने कृर्षि सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको थियो । साथै विभिन्न सांस्कृतिक क्रियाकलापहरु पनि प्रदर्शनी गरिएको थियो ।
त्यसैगरी जिल्लाका विभिन्न स्थानहरुमा पनि शिवरात्री मेला मनाइएको छ । व्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा रहेको सिद्धरानिथानमा धुमधामका साथ शिवरात्री मेला मनाइएको छ । हरेक वर्ष आयोजना गरिने मेला यो वर्षपनि विभिन्न कार्यक्रमको आयोजना गरि मेला मनाइएको स्थानिय नरेन्द्र कुवँरले जानकारी दिनु भएको छ ।
उक्त क्षेत्रमा पर्ने तातोपानी धार्मिक तथा पर्यटन क्षेत्रको विकास र प्रचार प्रसारमा सरोकारवालाहरुको ध्यान नपुगेको स्थानियहरुको गुनासो छ । यस्ता तातोपनी धार्मिक कुण्डहरुको संरक्षण र प्रचारमा युवाहरु जागरुक हुनुपर्ने सिनाबासीहरुको धारणा छ ।
सदरमुकाममा शिवरात्री मेला  
महाकाली नगरपालीका र सहित्य समिज दार्चुलाको आयोगनामा मंगलवार शिवरात्री पर्व जिल्ला सर्दमुकाममा विभिद्ध कार्यक्रमका साँथ मनाएका छन् । 
महाकाली नगरपालीकाका उप प्रमुख सोना बोहराको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीको प्रमुख अतिथ्यतामा जिल्ला सर्दमुकाममा विभिन्न झँकि प्रदर्शन तथा स्थानीय कलाकारहरुको बेजोर प्रस्तुतिका साँथ पहिलो पटक महाकाली नगरपालीकाको आयोजनामा शिवरात्री मेला सञ्चालन गरेका हुन । 
विगत लामो समयबाट दार्चुला सर्दमुकामा शिवरात्री पर्व नमनाउने र सबै नेपालीहरु भारतमा गई शिवरात्री मेला खेल्ने गरेको र नेपाली मुद्रा भारतमा खर्च हुने र स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उदेश्यले मेलाको आयोजना गरेको महाकाली नगरपालीकाका प्रवक्ता पुष्कर राज जोशीले जानकारी दिनु भयो । 
मंगलवारको मेलामा महेन्द्र नमुना मावि दार्चुला, एसियन एकेडेमि , वसन्त भ्यालि पवलिक व्यासि सैका समाज दार्चुला लगायतका आधा दर्जन स्थानीय झाँकिहरु प्रस्तुत गरेका थिए भने जिल्ला अस्पताल दार्चुलाले रक्त परिक्षण , जिल्ला कृषि विकास कार्यालय दार्चुला र सिआरडियस दार्चुलको सहकार्यमा विभिन्न कृषि प्रदर्षनि  तथा स्थानीय र राष्टय कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरुबाट दर्शकहरुलाई मनोरञजन दिएका थिए । 
पासुमा शिव मेला सुरु
दुहुँ गाउँपालिका वडा नम्बर ४ पासूमा यो वर्षदेखि शिवरात्रीको अवसरमा शिव मेला सुरु गरिएको छ ।
स्थानीय स्तरमा कृषि र साँस्कृतिक पक्ष प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय स्तरमै मेला सुरु गरिएको वडाध्यक्ष दौलतसिह महरले जानकारी दिनुभयो ।
शिव मेला व्यवस्थापन तथा कृषि प्रशर्दनिका लागि गाउँपालिकाले सहयोग गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि समेत दुहूँ गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी रहनु भएको थियो ।
मेलामा साविकको धारी गाविसको वडा नम्बर ६ देखि ९ सम्मका ४ आमा समूहहरुले देउडा प्रशर्दन गरेका छन् भने स्थानीयले नृत्य प्रस्तुत गरेका छन् । वडा नम्बर ४ का कृषकहरुले गरेको कृषि प्रदर्शनीमा दलबहादुर बंमको रायोले पुरस्कार पाएको धारीबाट सहकर्मी मानसिह डडालले खबर पठाउनु भएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली