अन्तर्राष्ट्रिय सीमानाकामा प्रहरी चौकीको अभाव।।

दार्चुला समाचार ,,

दार्चुला सदरमुकामदेखि उत्तरतर्फ महाकाली नदीमा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माणको मुद्दा एक दशकअघिदेखि चर्चामा रह्यो । एक दशकसम्मको अन्यौलता र पहलपछि २०७४ जेठदेखि महाकाली नदीमाथि धौलाकोटको तिगरममा पुल निर्माण भइसकेको छ । नेपाल र भारत दुईबीचको सहमतिअनुसार नेपाल सरकारले झोलुंगे पुल निर्माण कार्य सम्पन्न समेत गरिसकेको छ । तर पुलको नियमित सञ्चालन, रेखदेख र सुरक्षा सतर्कताका लागि प्रहरी चौकीको अभाव देखिएको छ ।

झोलुंगे पुलको निर्माण भएसंगै व्यास गाँउपालिकाअन्तर्गत हुती, धौलाकोट र सुन्सेराका स्थानीयले सुविधा पाएका छन् । तिगरम पुल भएर दैनिक सयौं स्थानीयले सदरमुकामलगायत अन्य स्थानसम्म सहज रुपमा आवतजावत गर्न पाएका छन् । तर अन्तर्राष्ट्रिय सीमामा रहेको पुलको व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी टोली स्थायी रुपमा खटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गत जेठमा पुल सञ्चालनमा आएसंगै जिल्ला सुरक्षा समितिले पुलक्षेत्रमा प्रहरी टोली परिचालनको व्यवस्था गरेको थियो । तर आठ महिनासम्म पनि अस्थायी रुपमै प्रहरी टोली परिचालन भइरहेको छ ।
र्
पुल निर्माण भएपछि स्थायी रुपमै पुलको सुरक्षा व्यवस्थापन गर्नुपर्ने हुन्छ तर हालसम्म माथिल्लोस्तरबाट यसबारे कुनै निर्णय भइ स्वीकृति भइसकेको छैन’ दार्चुला प्रहरी प्रमुख एवं डिएसपी जनकवहादुर शाहीले भन्नुभयो । जिल्ला सुरक्षा समितिले भने यसबारे आवश्यक सिफारिस गरी केन्द्रमा लेखिपठाएको छ ।

जेठ ६ गतेदेखि पुल सञ्चालनमा आए पनि प्रहरी प्रधान कार्यालयबाट जेठ ३१ गतेदेखि एक महिनासम्म पुलक्षेत्रमा अस्थायी प्रहरी पोष्ट राख्न स्वीकृति प्राप्त भएको थियो । यद्यपि जिल्लास्तरको समन्वय र पहलबाट पुल सञ्चालन भएलगत्तै पुलक्षेत्रको सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गरिएको थियो ।

जेठको अन्तमा एक महिनाका लागि अस्थायी पोष्ट राख्न स्वीकृति दिएको प्रहरी प्रधान कार्यालयले त्यसपछि भने कुनै कारवाही गरेको छैन । असार २३ गतेको मितिमा जिल्ला प्रहरी कार्यालयले तिगरम पुलमा अस्थायी प्रहरी पोष्टको म्याद थप गर्न अनुरोध गरेको थियो । तर प्रहरी प्रधान कार्यालयबाट अहिलेसम्म यसमा कुनै प्रतिक्रिया नआएको डिएसपी शाहीले बताउनुभयो ।

अहिले जिल्लास्तरकै व्यवस्थापनमा पुलमा प्रहरीमा खटाइएका छन् । इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी हवल्दारको नेतृत्वमा ४ जना सुरक्षाकर्मी तिगरम पुलक्षेत्रमा खटाइएको जिप्रका दार्चुलाले जनाएको छ । पुल नजिकै कर्कटपाताको छाना निर्माण गरी प्रहरी टोली बसेको छ । सञ्चारसेट सहितको प्रहरी टोलीले पुलमा बेलुकी ताला लगाउने र विहान खोल्ने गरेको डिएसपी जनकवहादुर शाहीले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयबाट स्वीकृति प्राप्त नभए पनि अन्तर्राष्ट्रिय सीमाना भएकाले नजिकको प्रहरी युनिटबाट प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । तिगरम पुलको पारिपट्टि भारततर्फ एसएसवीको टोली छ । एसएसवीको टोलीमा असईस्तरको नेतृत्व रहेको छ । नयाँ पुल निर्माण भएकाले भारतीय क्षेत्रमा पनि भौतिक संरचनाको अभाव छ ।

नेपालतर्फ पुल नजिकको क्षेत्रमा प्रहरी चौकी वा नयाँ पोष्ट राख्नका लागि जग्गा उपलब्ध भएको जिप्रकाले जनाएको छ । प्रहरी मुख्यालयबाट स्वीकृति प्राप्त भएपछि तिगरम पुलक्षेत्रमा प्रहरीको युनिट व्यवस्थित रुपमा राखिने दार्चुला प्रहरीको भनाई छ ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली