दार्चुला रेडक्रस आपतकालीन योजना निर्माणमा जुट्यो।

दार्चुला समाचार ,,
नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखा प्राकृति प्रकोपबाट निम्तिन सक्ने विपदलाई न्युनिकरण गर्न आपतकालीन योजना निर्माणमा जुटेको छ ।
२०७० सालमा महाकाली र नौगाडमा आएको बाढी जस्तै अर्को बाढी आउन सक्ने तथा विभिन्न अध्ययन प्रतिवेदनहरुले दार्चुला जिल्ला भुकम्पीय उच्च जोखिममा रहेको देखाउन थालेपछि दार्चुला रेडक्रस आपतकालीन योजना (कन्टिनजेन्सी प्लान) निर्माणमा जुटेको हो ।
वर्षायाममा ठूला नदीहरु महाकाली र चमेलिया लगायत जिल्लाका विभिन्न क्षेत्रमा रहेका साना ठूला करिब डेढ दर्जन खोला किनारमा बाढी र पहिरोको वर्षेनी खतरा रहने भएकाले बाढी पहिरोपछि कसरी तत्काल स्वयम् सेवक परिचालन गर्ने र राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउने भन्ने उद्देश्य सहित योजना निर्माण गरिन लागेको नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपकप्रशाद अवस्थीले जानकारी दिनुभयो ।
भुकम्पका क्षेत्रमा अध्ययन गरिरहेको बेलायतको दर्बन युनिभर्सिटीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको तथा दार्चुला आसपास इपिसेन्टर भएर भुकम्प जान सक्ने निष्कर्ष निकालेपछि दार्चुलाका लागि कन्टिनजेन्सी प्लान आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन विभागका कार्यक्रम अधिकृत बिनोद लामिछानेले बताउनु भयो ।
प्रकोपलाई रोकथाम गर्न नसकिने तथा प्रकोपका कारण उत्पन्न बिपद्लाई कम गर्न सकिने भन्दै योजनाबद्ध रुपमा यस्तो कार्यमा लागे विपद् व्यवस्थापन गर्न समेत सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन केन्द्रका सुचना अधिकृत राजकुमार धिमिरेले जानकारी दिनुभयो ।
कन्टिनजेन्सी प्लान निर्माणको कामलाई मूर्त रुप दिन रेडक्रस सम्बन्धी विभिन्न निकायहरुको सहयोगमा जिल्लामा तीन दिने कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको छ ।
आजबाट तीन दिनसम्म चल्ने उक्त गोष्ठीको उद्घाटन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नु भएको थियो ।
कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको प्रमुख जिल्ला अधिकारी गौतमले प्रतिकार्य गर्न पर्याप्त स्रोत सधान र क्षमताको आवश्यकता पर्ने भएकाले आफूसँग जति स्रोत, साधन र क्षमता छ सोही आधारमा कन्टिनजेन्सी प्लान बनाउनु पर्ने बताउनु भयो । ‘योजना महत्वाकांक्षिभन्दा पनि कार्यान्वयन गर्न सकिने भयो भने राम्रो प्रतिफल दिन्छ ।’ प्रजिअ गौतमले भने ।
भौगोलिक विधिता, बिकटता, गरिबी, प्रदेश मुकाम र राजधानीबाट निक्कै टाढा रहेको दार्चुलाको कन्टिेनजेन्सी प्लान बनाउन विशेष सावधानी अपनाउनु पर्ने भन्दै प्रजिअ गौतमले प्रकोप रोक्न नसकिने तर मानवीय र भौतिक क्षति कम गर्न सकिने बताउनु भयो ।
उद्घाटन कार्यक्रमका सभापति रहेका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका सभापति गोपालसिह महरले सहभागिहरुलाई कार्यान्वयन गर्न सकिने, स्रोत साधनले भ्याउने योजना निर्माण गर्न आग्रह गर्दै स्रोत साधान व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालगञ्जमा सम्पन्न कन्टिनजेन्सी प्लान निर्माणमा दार्चुलाबाट सहभागि भएका सहभागिहरु, जिल्ला शाखा र उप शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । योजना निर्माणमा विज्ञका रुपमा विपद् व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत बिनोद लामिछाने, लेखा अधिकृत बद्री प्रशाद गौतम, जिल्ला विपद् व्यवस्थापन केन्द्रका सुचना अधिकृत राजकुमार धिमिरेको समेत उपस्थिति रहेको थियो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली