छ महिनामा साढे चार करोड राजश्व, पुष महिनामा मात्रै ५९ लाख राजश्व संकलन

दार्चुला समाचार 
दार्चुलामा छ महिनाको अवधिमा साढे चार करोड रुपैयाँ राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा ४ करोड ५५ लाख ११ हजार ३३ रुपैयाँ राजश्व संकलन गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत संकलन गरिएको राजश्व रकममात्र यसमा समावेश गरिएको छ । करदाताले सिधै आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय लगायतका निकायमा बुझाएको राजश्व यसमा समावेश गरिएको छैन । कोलेनिकाको राजश्व खातामा जम्मा गरिएको रकम मात्रै यसमा समावेश गरिएको सुचना अधिकारी इन्द्रसिह धामीले बताउनुभयो ।
पुष महिनामा मात्रै ५९ लाख ३७ हजार ३ सय २३ रुपैयाँ राजश्व संकलन भएको छ । तीन दर्जश शीर्षकहरुमा कोलेनिकामार्फत राजश्व संकलन हुने गरेको सुचना अधिकारी धामीले जानकारी दिनुभयो । साउनदेखि पुष मसान्तसम्मको अवधिमा सबैभन्दा बढी वन तथा वनपैदावार विक्री वाफतको राजश्व १ करोड ५९ लाख ६४ हजार १ सय २४ रुपैयाँ रहेको छ । एकलौटी फर्म तथा व्यक्तिगत आयबाट ५० लाख ६६ हजार ९ सय ९८ र पारिश्रमिक करबाट ४७ लाख ७ हजार ७२ रुपैयाँ राजश्व संकलन भएको छ । पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर ४५ लाख ५५ हजार ७ सय ६५ रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानी २१ लाख ५५ हजार ५ सय ५० रुपैयाँ र सम्पत्ति वहाल तथा पट्टा वाफतको आयबाट १५ लाख ३३ हजार ४ सय ७९ रुपैयाँ संकलन गरिएको छ ।
मदिराबाट २१ लाख २३ हजार ३ सय १७ रुपैयाँ, सुर्तिजन्य पदार्थबाट ३६ हजार, नहर तथा कुलोको उपयोगबाफत २ हजार ९ सय रुपैयाँ राजश्व उठेको छ । कोलेनिकाको विवरण अनुसार न्यायिक दस्तुर ४ लाख ९३ हजार ८ सय १२, हुलाक सेवा शुल्क २ लाख ४३ हजार ७ सय ४७ र अन्य प्रशासनिक सेवा शुल्क ३ लाख ३ सय २३ रुपैयाँ संकलन भएको छ ।
न्यायिक दण्ड, जरिवाना र जफतबाट ३७ हजार ५ सय ५६, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ लाख ९८ हजार ५ सय तथा राहदानी शुल्कबाट ४ लाख ९५ हजार रुपैयाँ राजश्व दार्चुलामा उठेको छ । पर्वतारोहण र पदयात्रा स्वीकृतिको ३० हजार ५ सय र अन्य राजश्व शीर्षकमा ५ लाख १० हजार ३४ रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा ३४ लाख ९४ हजार ७ सय ४ रुपैयाँ बेरुजु रकम राजश्वमा दाखिला भएको कोलेनिका दार्चुलाले जनाएको छ । लाभांशमा लाग्ने कर शीर्षकमा दार्चुलामा भने राजश्व उठेको छैन । यो बाहेक अन्य ३३ शीर्षकमा राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख  छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य