नागरिक सहायतका लागि उद्धार समाग्री राखिए ।।

दार्चुला समाचार ,
दार्चुला र धारचुला जोडने झोलुङगे पुल छेउमा सिमा सुरक्षा गुल्म दार्चुलाले नागरिक उद्धारका लागि उद्धार समाग्री राखेका छन् ।
विपद्का बेला आउन सक्ने सम्भावित घटनालाई न्युनिकरण गर्ने उदेश्यले सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म दार्चुलाले पुल घाट क्षेत्रमा नदीमा उद्धार गर्न आवश्यक पर्ने सामग्रीहरु राखेको हो । 
पुल घाटमा रहेको चेक प्वईन्टमा आज बाट विरामी बोक्ने स्टेचर १ थान विरामी उपचार बक्स, नदीमा बगिरहेको मान्छेलाई बचाउन प्रयोग गरिने क्याराभेना, डोरी, थो व्याग, पानीमा सजिलै तर्न सकिने लाईफ जकेट ३ थान राखिएको हो । त्यसबैगरी हेलमेड ३ थान, ट्युब १ थान र र्याप्टिङ डोरी एक थान लगायत बिपत्का बेला उद्धारका प्रयोग गरिने सामाग्रीहरु तयारी अवस्थामा राखिने सिमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी निरीक्षक राम बहादुर पालिबोगटीले जानकारी दिनु भयो । 
संकटासन्न नागरिकहरुको सहायताको लागि दुई देशको सीमा क्षेत्र दार्चुलाको पुलघाटमा पहिलो पटक उद्धार सामग्री राखिएको हो । 
उद्धार समाग्रीले तत्काल उद्धार गर्न सजिलो हुने
दुई देशको सिमा रहेको पुल घाट क्षेत्रमा उद्धार सामग्री राख्दा जोखिममा रहेका नागरिकलाई तत्काल उद्धार गर्न सकिने अवस्था सिर्जना भएको छ । 
सिमा सुरक्षा गुल्म दार्चुलाले पहिलो पटक दुई देशको सिमाना रहेको पुल घाँटमा नागरिक सहायता कक्ष विपद प्रकोप उद्धार टोलि पनि परिचालन गरेको छ । टोली उद्धारका लागि निरन्तर डिउटिमा रहनेछ । 
सिमा क्षेत्रमा उद्धारका लागि आवश्यक उद्धार सामग्री राखिएको सरोकारवाला निकायहरुलाई जानकारी गराउदै राहात सामाग्रीहरु नागरिक सहायत कक्षमा राखिएका हुन् । 
सशस्त्रको टोलफ्री नम्बर 
स्थानीय जनताको समस्यालाई मध्यनजर गर्दै आम जिल्लाबासीको गुनासो सुन्न र आपतकालीन समयमा समयमा सहजै सम्पर्क गर्न सक्ने गरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाले टोलफ्री नम्बर १११४ राखेको छ । 
दैविक प्रकोप जुनसुकै बेला आउन सक्ने भएकाले सबैले सहजै सम्पर्क गर्न सक्ने गरि उक्त टोलफ्री नम्बर खुल्ला रहने सशस्त्र प्रहरीले जानकारी दिएको छ । देश र जनताको सेवक भएर काम गरिरहेको सिमा सुरक्षा गुल्म दार्चुलले गरेका कामहरुको राम्रा र नराम्रा पक्षहरु सजिलै माथिल्लो निकायसम्म पुगाउन  पहिलो पटक दार्चुलामा टोलफ्री नम्बर राखिएको सिमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी निरीक्षक राम बहादुर पालीबोगटिले बताउनु भयो । 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली