अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार , 
नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त भएको अल्लो प्रसोधन गर्ने एक सेट मेसिन आज भूमिराज अल्लो प्रसोधन तथा बुनाई साझा सुविधा केन्द्रलाई हस्तान्तरण गरिएको हो । 
जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्की र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा आज मेसिन हस्तान्तरण गर्नुभएको हो । साझा सुविधा केन्द्रमा आवद्ध ७५ स्थानीयवासी यसबाट लाभान्वित हुने केन्द्रमा अध्यक्ष गौरसिह धामीले बताउनुभएको छ । केन्द्रमा स्थानीय २५ जना उद्यमीले नियमित काम गर्ने गरेका छन् । 
अल्लो प्रसोधनका लागि नेपाली प्राविधिकहरुबाट निर्माण गरिएको मेसिन उद्योग मन्त्रालयले खरिद गरी उपलब्ध गराएको वरिष्ठ उद्योग अधिकृत पदमवहादुर ठकुराठीले बताउनुभएको छ । गत आर्थिक वर्षमा देशका २२ जिल्लामा यस्तो मेसिन उपलब्ध गराइएकोमा दार्चुलामा खारको गोधानी र सिप्टी गरी दुई स्थानमा मेसिन दिइएको उहाँले जानकारी दिनुभयो । 
सात लाख २५ हजार मूल्य पर्ने अल्लो प्रसोधन मेसिनको सेटअन्तर्गत फरक फरक काम गर्ने ४ मेसिन छन् । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले प्रसोधन मेसिनको निर्माण गरेको वरिष्ठ उद्योग विकास अधिकृत ठकुराठीले बताउनुभयो ।
भूमिराज अल्लो प्रसोधन तथा बुझाइ साझा सुविधा केन्द्रलाई गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)ले निर्माण गरेको भवनको पनि आजै हस्तान्तरण गरिएको छ । यसैगरी, लघु विद्यम विकास कार्यक्रम (मेडेप)ले निर्माण गरेको अर्को भवन पनि आजै हस्तान्तरण गरिएको छ । 
अल्लो उत्पादन बजारीकरणमा जोड
दार्चुलामा उत्पादन भइरहेको अल्लो र अल्लोबाट बनाइएका वस्तुहरुको बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा आज भएको मेसिन हस्तान्तरण कार्यक्रमका वक्ताहरुले उत्पादित वस्तुको बजारिकरण गर्नु आवश्यक रहेको बताएका हुन् । 
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि करवीरवहादुर कार्कीले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताउनुभयो । अल्लोको व्यवसायलाई पूर्णकालिन व्यवसाय बनाउन सक्नुपर्ने उहाँको धारणा छ । स्थानीयस्तरमा उपलब्ध स्रोतको उचित व्यवस्थापन गर्नुपर्ने र अल्लोको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उहाँको भनाई छ । 
प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका विशिष्ट अतिथि जनार्दन गौतमले अल्लोको व्यावसायिक उत्पादन बढाउनुपर्ने बताउनुभयो । दार्चुलाको मौलिक उत्पादनको रुपमा यसको प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
जिल्ला समन्वय अधिकारी पवनकुमार तिमिल्सेनाले अल्लोको उत्पादनको बजार विस्तारका लागि जिल्ला सदरमुकाममा विक्रीकक्ष राख्न उद्यमीहरुलाई सुझाव दिनुभयो । 
वरिष्ठ उद्योग विकास अधिकृत पदमवहादुर ठकुराठीले दार्चुलाको अल्लो व्यवसायको धेरै सम्भावना रहेकाले मेडपा कार्यक्रम तथा घरेलुले यसमा सहयोग गरिरहेको जानकारी दिनुभयो । 
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले सरकारी निकाय र विकास साझेदारबाट प्राप्त भएको सहयोग रकम र वस्तुगत सहयोगको सदुपयोग गर्न उद्यमीहरुलाई सुझाव दिनुभएको छ । 
अल्लो प्रसोधन मेसिन तथा भवन हस्तान्तरण कार्यक्रममा दार्चुला प्रहरी प्रमुख डिएसपी जनकवहादुर शाही, महाकाली नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष गौरसिह साहु, जिल्ला लघुउद्यामी समूह संघ (डिमेगा)का कार्यक्रम संयोजक भोजराज पन्त लगायतको उपस्थिति रहेको थियो । 
मेड्पा कार्यक्रमका प्रतिनिधि इन्दिरा राईले लघुउद्यमीहरुको क्षमता र सीप विकास गरी गरिवी न्युनिकरण गर्न मेडपा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका