चर्चा गोकुलेश्वर महोत्सवको, पानीको बोतल पचास रुपैयाँमा बिक्री,सशुल्क प्रबेश स्थानमा भइरहेको व्यापारप्रति आयोजक बेखबर ।।

नयाँ नेपाल एफएम समाचार दार्चुला ,
दार्चुला जिल्लाकै ठुलो बजार गोकुलेश्वरमा लाग्ने मेला प्रदेश नम्बर ७ कै परिचित छ । यो वर्ष पनि गोकुलेश्वर मेलाले दर्शकहरुमा एक खालको अविस्मरणीय पल बनाइदिएको छ । 
प्राय १ लिटर पानीको बोतलको मूल्य २५ पर्ने गर्दछ, तर गोकुलेश्वर मेलामा १ लिटर पानीको बोतलको मूल्य ५० रुपैयाँमा विक्री भएको दर्शकहरुले बताएका छन् । महोत्सवका स्टलहरु तथा प्रस्तुती राखिएको स्थानमा मात्रै २५ रुपैयाँ पर्ने मिनिरल वाटरको मूल्य दोब्बरले बढाएर ५० रुपैयाँमा विक्री भइरहेको नयाँ नेपाल सहकर्मी गणेशसिँह धामीले खबर पठाउनु भएको छ । आयोजकले सःशुल्क प्रदर्शनीमा राखेका विभिन्न स्टल तथा प्रस्तुतीहरु संगै पानी लगायतका पेय पदार्थको व्यापार गर्ने संग त्यस्तो कुनै सहमती नभएको व्यवस्थापन समिति संयोजक प्रकाश विष्टले बताउनु भयो । आफुहरुसंग पनि त्यस्तो गुनासो दर्शकहरुले गरेको तर भेट्न नसकिएको संयोजक विष्टको भनाई छ । 
सशुल्क प्रबेश गर्नुपर्ने स्थानमा यसरी भइरहेको कालोबजारीको कतिपय दर्शकहरुले विरोध समेत गरेका छन् । एक पटक टिकेट लिएर बाहिर निस्केपछि पुनः टिकेट लिनुपर्ने भएकाले पनि दर्शकहरुले बाध्य भएर २५ रुपैया पर्ने १ लिटर पानीको बोतलको मूल्य ५० तिर्नु परेको एक दर्शकले गुनासो गर्नु भयो ।
हरेक वर्ष महाशिवरात्रीको अवसरमा दार्चुलाको गोकुलेश्वरमा विभिन्न सांस्कृतिक लगायतका कार्यक्रम गरी महोत्सवको आयोजना गरी मेला मनाउने गरिन्छ ।
यो वर्षमा पनि तेस्रो पुस्ता नेपाल र ह्याप्पी ईन्टरटेनमेन्टको आयोजनामा शैल्यशिखर महाशिवरात्री ऐतिहासिक गोकुलेश्वर मेलाको आयोजना गरिएको थियो । गोकुलेश्वर मेलाले विगतदेखि नै दर्शकहरुको मन जित्न सफल भएकाले प्रदेश नम्बर ७ का विभिन्न जिल्लाहरुबाट दर्शकहरु आउने गरेका छन् । साथै यो वर्ष लागेको मेलामा शनिवार सम्म झण्डै १७ हजार बढी दर्शकहरुले दर्शन गरेको मेला व्यवस्थापन संयोजक प्रकाश सिँह विष्टले बताउनु भयो ।
प्रत्येक वर्ष विभिन्न आकर्षकका राखिने गोकुलेश्वर मेलामा यो वर्ष आकर्षकहरु भन्दा पनि २५ रुपैया पर्ने १ लिटर पानीको मूल्य ५० तिरेका दर्शकहरुलाई तिर्खा लाग्दा गोकुलेश्वर मेलाको झ–झल्को आउने टिका टिप्पणी हुन थालेका छन् ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली