सम्बन्धबिच्छेदका घटना बढ्दै, अढाई वर्षमा तीन दर्जन मुद्दा, बालबालिको बिचल्ली ।।

नयाँ नेपाल समाचार दार्चुला,
दार्चुलमा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएको छ । दार्चुलामा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएको जिल्ला अदालत दार्चुलाको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा सम्बन्ध बिच्छेद गर्नका लागि ९ मुद्दा जिल्ला अदालत दार्चुलामा दायर भएका थिए भने आर्थिक वर्ष २०७३÷७४ मा यस्ता मुद्दाहरुको संख्या बढेर १८ पुगेको देखिन्छ । चालु आर्थिक वर्षका मध्यसम्म सम्बन्ध बिच्छेदका लागि भन्दै १० जना महिलाहरुले जिल्ला अदालत दार्चुलामा निवेदन दिएका छन् ।
अढाई वर्षको मात्रै तथ्यांक हेर्ने हो भनपनि सम्बन्ध बिच्छेदका लागि निवदेन दिने महिलाहरुको संख्या बढे क्रममा रहेको जिल्ला अदालत दार्चुलाका ठिट्ठा लक्ष्मी पन्तले जानकारी दिनुभयो । सम्बन्ध बिच्छेदका लागि महिलाहरुले सोझै अदालतमा निवेदन दिन सकिने प्रावधान रहेकाले अढाई वर्षमा देखिएका ३७ सम्बन्ध बिच्छेद गराई माग्न महिलाहरुले नै निवेदन दिएको उहाँको भनाई छ । पुरुषहरुले सम्बन्ध बिच्छेदका लागि स्थानीय तहबाट आउनु पर्ने प्रावधान रहेकाले यो अवधिमा महिलाहरुका मात्रै निवदेन परेका हुन् ।
कस्ता महिला आउँछन् सम्बन्ध बिच्छेदका लागि 
महिलाहरुले सोझै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिन पाउने र अधिकांश फैसलाहरु महिलाहरु कै पक्षमा हुने भएकाले सम्बन्ध बिच्छेदका लागि महिलाहरुले बढी निवेदन दिने गरेको कानुन व्यवसायीहरु बताउँछन् ।
सम्बन्ध बिच्छेदका लागि निवदेन दिन आउने महिलाहरुको प्रकृति भने फरक फरक हुने गरेको पाइएको छ । महिला हिंसा र घरेलु हिंसाका कारण सम्बन्ध बिच्छेद गराई माग्ने महिलाहरु बढी भएपनि अंशका लागि सम्बन्ध बिच्छेद गर्ने र लोग्नसँग बस्न नसकेर सम्बन्ध बिच्छेद गर्न खोज्ने तथा अर्को पुरुषसँग बस्ने योजनासहित पनि महिलाहरुले सम्बन्ध बिच्छेदका लागि निवेदन दिने गरेको कानुन व्यवसायीहरुको भनाई छ ।
‘एउटै प्रकारका निवदेकहरु छैनन्, कोही साँच्चै दुख परेर सम्बन्ध बिच्छेदसम्म पुगेका हुन्छन् कोही कोही दुख नपरी आफ्नो इच्छा अनुसार गर्न सम्बन्ध बिच्छेद गर्ने पनि हुन्छन् ।’ अधिवक्ता धिरेन्द्र साउँदले भन्नुभयो । कयनले सम्बन्ध बिच्छेद गरे लगत्तै अर्को बिहे गर्ने गरेको र अंशका लागि दाबिसमेत गर्ने गरेको पाइएको छ । दुख परेर सम्बन्ध बिच्छेद गर्नेहरुले अर्को बिहे नगरी बालबालिका पाल्ने काम गर्ने गरेको तर अर्कै उद्देश्यले सम्बन्ध बिच्छेद गर्नेहरुले इच्छा अनुसार निर्णय गर्ने गरेको समेत अधिवक्ता साउँद बताउँछन् ।
बालबालिको बिचल्ली 
सम्बन्ध बिच्छेद गर्न पाउनु वा छुट्टै बस्न पाउनु सबैको अधिकार हो । यही अधिकारको उपभोगका लागि सम्बन्ध बिच्छेदका लागि मुद्दासमेत पर्ने गरेका छन् तर बुबा आमा छुट्टिएर बस्दा बालबालिकामा पर्ने असरप्रति भने कोही पनि गम्भीर नभएको सरोकारवालाहरु भनाई छ ।
सम्बन्ध बिच्छेद गर्ने महिला र पुरुषहरुले आफ्नो मात्रै मत राख्ने गरेको सोही आधारमा सम्बन्ध बिच्छेदको फैसला समेत हुने गरेको बताउँदै अधिवक्ता धिरेन्द्र साउँद बालबालिकाका पक्षमा बुबा आमा र अदालत नबल्ने बताउँछन् । 
‘छुट्टिए बस्ने बुबा आमाका छोराछोरी कोही आमासँग त कोही बस्ने गरेको पाइएको भएपनि बुबा आमाले अर्को बिवाह गर्दा उनीहरु सामाजिक र मानिसक रुपमा समस्याग्रस्त हुन सक्ने देखिन्छ तर यसका वारेमा कसैले ख्याल गरेका हुँदैनन् ।’ अधिवक्ता साउँद भन्छन् ।
छोराछोरी नभएका जोडिहरुले सम्बन्ध बिच्छद गर्दा उनीहरुको अधिकारको उपभोग भएको देखिन्छ तर छोरीछोरी भएका जोडिहरुले सम्बन्ध बिच्छेद गर्दा छोराछोरीहरुको बुबा आमासँग बस्ने पाउने अधिकार कुण्ठित हुने अधिकारकर्मी नरेन्द्र कार्की बताउँछन् । बुबा आमा छुट्टै बस्दा बिचल्लीमा परेका बालबालिकालाई इन्सेकले सहयोग गर्न सक्ने बताउँदै इन्सेक जिल्ला प्रतिनिधिसमेत रहेका कार्की अहिलेसम्म यस्ता बालबालिका आफ्नो सम्पर्कमा नआएको बताउँछन् । यस्ता बालबालिकाको शैक्षिक, सामाजिक र मानसिक अवस्थामा सहयोग गर्ने कुनै गैरसरकारी संस्था पनि दार्चुलामा नरहेको उहाँको भनाई छ ।
महिला तथा बालबालिका कार्यालयमा पनि अहिलेसम्म यस्ता बालबालिका सहयोगका लागि नआएको निमित्त कार्यालय प्रमुख निर्मला कुवँरले जानकारी दिनुभयो । सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको र यसबाट उनीहरुका बालबालिका समस्यामा पर्ने गरेको भएपनि सहयोगका लागि कार्यालयमा कोही नआएको उहाँको भनाई छ । ‘सहयोग पाइन्छ भनेर थाहा नपाउँदा पनि नआएका हुन सक्छन्, अहिले त कार्यालय नै नरहने अवस्थामा छ ।’ निमित्त प्रमुख कुवँरले भन्नुभयो ।
के सबै मुद्दामा सम्बन्ध बिच्छेद नै हुन्छ 
लोग्नेले दुख दिने गरेको, हिंसा गर्ने गरेको र आफूमाथि शंका गर्ने गरेको जस्ता कारणहरु जनाई लोग्नेसँग बस्न नसक्ने भएकाले सबन्ध बिच्छेद गराई माग्न महिलाका तर्फबाट जिल्ला अदालतमा निवेदन पर्ने गरेका हुन्छन् ।
महिलाका तर्फबाट सम्बन्ध बिच्छेदका लागि मुद्दा परे उनीहरु कै पक्षमा फैसला समेत हुने गरेको छ तर सबै मुद्दाले सम्बन्ध बिच्छद नै गराउँदैनन् । कयन मुद्दाहरु डिसमिस हुने र कयन मुद्दाहरुमा सम्बन्ध बिच्छेद नगरी संगै बस्ने गरी मिलापत्र समेत हुने गरेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा परेका ९ मुद्दामध्ये २ मुद्दा डिसमिस भएका छन् भने एक मुद्दा सम्बन्ध कायम हुने गरी मिलापत्र गरिएको छ । यो आर्थिक वर्षमा राजमती कुवँर डोबाल र शान्ति धामीको मुद्दा डिसमिस भएको छ भने प्रेमा महर र राजीराम महरको मुद्दा सम्बन्ध मिलान हुने गरी मिलापत्र भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा परेका १६ मुद्दामध्ये २ डिसमिस भएको छ भने १ मुद्दा फिर्ता तथा १ मुद्दामा सम्बन्ध कायम हुने गरी मिलापत्र भएको जिल्ला अदालत दार्चुलाका ठिट्ठा लक्ष्मी पन्तले जानकारी दिनुभएको छ । यो आर्थिक वर्षमा गौमती धामी र गम्भिरसिह धामीको मुद्दा डिसमिस भएको भएपनि अंश मुद्दा भने तामेल गरिएको छ । त्यसैगरी आशा देबी सिंह र राकेशबहादुर सिंहको मुद्दा पनि डिसमिस भएको छ । हरिनादेबी लोहारले भने सम्बन्ध बिच्छेदको मुद्दा फिर्ता लिएका छन् भने कमला साउँद र मिलनसिह साउँदको मुद्दा सम्बन्ध कायम गरिने गरी मिलापत्र भएको थियो ।


 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य