कक्षा ८ को परीक्षा स्थानीय तहस्तरमा सञ्चालन ,, जिल्लास्तरबाटै परीक्षा व्यवस्थापन गरिदै।।

नयाँ नेपाल एफएम समाचार दार्चुला ,
गत वर्षसम्म जिल्लास्तरीय परीक्षाको रुपमा सञ्चालन हुँदैआएको कक्षा ८ को परीक्षा यस वर्षदेखि स्थानीय तहस्तरमा हुने भएको छ । स्थानीय तहको संरचना कार्यान्वयनमा आएसंगै आधारभूत तहको अन्तमा लिइने कक्षा ८ को परीक्षा सम्बन्धित स्थानीय तहस्तरमा हुने शिक्षा विभागले जनाएको छ ।
शिक्षा मन्त्रालयको पत्राचारका आधारमा शिक्षा विभागले यसबारे क्षेत्रिय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर समेत गरेको छ । नेपालको संविधान अनुसार विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरु स्थानीय तहको क्षेत्राधिकार भित्र रहेको विभागको भनाई छ र्। हाल स्थानीय तहको गठन भई कार्य सञ्चालन भइरहेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आइसकेको’ भन्दै विभागले कक्षा ८ को परीक्षा व्यवस्थापनका लागि सर्कुलर गरेको हो ।
कक्षा ८ को अन्तिम परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण स्थानीय तहबाट हुनुपर्ने ऐनमा स्पष्ट व्यवस्था भएको भन्दै विभागले यसमा समन्वय र सहजिकरण गर्न जिल्ला शिक्षा कार्यालयलाई भनेको छ । गतवर्षसम्म परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण सबै कार्यालय शिक्षा कार्यालयबाट हुँदैआएको थियो ।
परीक्षा सञ्चालनमा स्थानीय तहलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याउन पनि विभागले शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापनबारे जिल्ला समन्वय समितिमा छलफल गरी आवश्यक पहल गर्न पनि भनिएको छ र्। जिल्ला समन्वय समितिबाट हुने निर्णयको कार्यान्वयनमा आफुसंग भएसम्मको आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गर्न गराउनका लागि शिक्षा विभागमार्फत सबै जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिने’ निर्णय शिक्षा सचिवस्तरबाट भएको पत्रमा उल्लेख छ ।
जिल्लास्तरबाटै परीक्षा व्यवस्थापन गरिदै
स्थानीय तहको नयाँ संरचनामा कक्षा ८ को परीक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि प्राविधिक कठिनाई र समय अभावका कारण जिल्लास्तरबाटै परीक्षाको व्यवस्थापन गरिने भएको छ ।  
जिल्ला समन्वय समितिले यसबारे निर्णय गरी व्यवस्थापन र प्राविधिक सहयोगका लागि माघ २४ गते जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेको छ । स्थानीय तहहरुमा पूर्वाधार र जनशक्ति व्यवस्थापन हुन नसकेको तथा समय अभाव भएको भन्दै यो वर्षको परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमनको जिम्मेवारी जिल्ला शिक्षा कार्यालयलाई दिइएको छ ।
स्थानीय तहबाट परीक्षा सञ्चालनका लागि व्यवस्थापन गर्न तत्काल चुनौती देखिए पनि यो वर्षका लागि जिल्लास्तरबाटै व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्कीले बताउनुभयो । परीक्षा जस्तो गम्भीर विषयको व्यवस्थापन स्थानीय तहबाट तत्काल सम्पादन गर्न पूर्वाधार, जनशक्ति र समयको अभाव भएको उहाँको भनाई छ ।
जिल्ला समन्वय समितिको निर्णयपछि यस वर्षको कक्षा ८ को परीक्षा व्यवस्थापनको तयारी शिक्षा कार्यालयले गरिरहेको विद्यालय निरीक्षक जयदेव महराले बताउनुभएको छ । परीक्षाको समयतालिका निर्धारण भइरहेको र प्रश्नपत्र निर्माण पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा चैत्र ८ देखि
जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्लाभरीका सबै स्थानीय तहहरुमा कक्षा ८ को परीक्षा चैत्र ८ देखि सञ्चालन गर्ने भएको छ । स्थानीय तहस्तरमा परीक्षा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि जिल्ला शिक्षा कार्यालयले व्यवस्थापन गरिरहेकोले सबै स्थानीय तहमा एकसाथ परीक्षा सञ्चालन गरिने विद्यालय निरीक्षक जयदेव महराले बताउनुभयो ।
कक्षा १० को प्रवेशिका ९एसइइ० परीक्षा पनि चैत्र ८ देखि सुरु हुँदैछ । एसइइ परीक्षा विहान ८ बजेदेखि हुनेछ भने कक्षा ८ को परीक्षा दिउसो १ बजेदेखि सञ्चालन गरिने शिक्षा कार्यालयका परीक्षा फाँट प्रमुख विनि महराले जानकारी दिनुभयो ।
चैत्र ८ गते कक्षा ८ को अंग्रेजी, ९ गते नेपाली र १२ गते गणित विषयको परीक्षा हुनेछ । १३ गते विज्ञान तथा वातावरण, १४ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा तथा चैत्र १५ गते स्वास्थ्य शारीरिक शिक्षा र नैतिक शिक्षाको परीक्षा हुनेछ । चैत्र १६ गते पेशा, व्यवसाय र प्रविधिको परीक्षा तथा चैत्र १८ गते कम्प्युटर शिक्षा वा अन्य ऐच्छिक विषयको परीक्षा हुनेछ ।
जिल्लाभरी एउटै प्रकारको प्रश्नपत्र भएको र एउटै समयमा परीक्षा सञ्चालन गरिए पनि परीक्षा कापीको परीक्षण स्थानीय तहस्तरमा गरिने विद्यालय निरीक्षक महराले जानकारी दिनुभयो ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली