बसमा निशुल्क यात्राको उमेरसीमा साठी वर्ष बनाउने तयारी।।

नयाँ नेपाल एफएम समाचार ,
भारतको उत्तराखण्ड राज्य सरकारको मातहत रहेको उत्तराखण्ड परिवहन निगमले रोडवेज बसमा निशुल्क यात्राको उमेर सीमा घटाउने तयारी गरेको छ । हालसम्म ६५ वर्षमाथिका नागरिकलाई निशुल्क यात्राको सुविधा दिइदै आएकोमा महिलाको उमेर सीमा ६० वर्ष बनाउने गृहकार्य गरिएको छ ।
केन्द्रीय महिला एवं वाल विकास मन्त्रालयको निर्देशन अनुसार यसको गृहकार्य सुरु गरिएको उत्तराखण्ड परिवहन निगमका प्रबन्ध निर्देशक दीपक जैनले बताउनुभयो । उत्तराखण्ड राज्य सरकारको महिला सशक्तिकरण विभागले यसबारे परिवहन निगमलाई प्रतिवेदन दिएको छ ।
उत्तराखण्ड राज्यमा ६० वर्षमाथिका महिलाहरुको संख्या ३ लाख ८० हजार रहेको विवरण विभागले परिवहन निगमलाई उपलब्ध गराएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
मुख्यमन्त्री पोषण योजनाअन्तर्गत पहिचान गरिएका ६० वर्षमाथिका महिलाहरुको विस्तृत विवरण उत्तराखण्ड परिवहन निगमलाई विभागका उपनिर्देशक सुजाा सिंहले जानकारी दिनुभयो ।
उत्तराखण्ड सरकारले ६५ वर्षसम्मका महिला र पुरुषलाई निशुल्क वस यात्राको सुविधा दिदैआएको छ । महिलाहरुको उमेर सीमा घटाउन प्रस्ताव गरिए पनि पुरुषको हकमा भने ६५ वर्षको उमेर सीमा कायम राखिने भएको छ ।
उत्तराखण्ड राज्य सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले आफ्नो चुनावी घोषणापत्रमा ६० वर्षभन्दा माथिका नागरिकलाई आधा शुल्कमा वस यात्राको व्यवस्था गर्ने प्रतिवद्धता गरेको थियो । तर छोटो समयमै प्रतिवद्धताभन्दा पनि बढी सुविधा दिन भाजपा सरकारले तयारी गरेको छ ।
उत्तराखण्डका १३ जिल्लामध्ये सबभन्दा बढी ६० वर्षमाथिका महिला हरिद्वारमा ७२ हजार १ सय १७ जना छन् । उद्यमसिहनगर जिल्लामा ५७ हजार ६ सय ७९, देहरादूनमा ४६ हजार ९ सय ३, अल्मोडामा ४१ हजार ५ सय ३२ र टिहरी जिल्लामा ३९ हजार ५ सय ३१ जना ६० वर्षमाथिका महिला छन् ।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को