पूजीगत खर्च बढी गर्ने कार्यालयमा नदी नियन्त्रण पहिलो ,, बाइस सरकारी निकायमा पूजीगत खर्च शुन्य।। 

नयाँ नेपाल एफएम समाचार दार्चुला ,
दार्चुला जिल्लाका सरकारी निकायहरुमध्ये चालु आर्थिक वर्षको प्रथम छ महिनामा महाकाली नदी नियन्त्रण कार्यालयले सबैभन्दा बढी पूजीगत बजेट खर्च गरेको छ । साउनदेखि पुष मसान्तसम्मको अवधिमा नदी नियन्त्रण कार्यालयले १९ करोड ४ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु वर्षका लागि विनियोजित २८ करोड ३४ लाख ४० हजार बजेटमध्ये ६७ प्रतिशत रकम नदी नियन्त्रण कार्यालयले पुषभित्रै खर्च गरिसकेको छ । दार्चुला तिंकर सडक योजना पूजीगत बजेट बढी खर्च गर्ने कार्यालयको सूचीमा दोस्रो स्थानमा छ । तिंकर सडकमा पुष मसान्तसम्म ९ करोड ६ लाख ५२ हजार २ सय १० रुपैयाँ खर्च भएको छ । तिंकर सडकमा यो वर्ष ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ पूजीगत बजेट विनियोजन भएको छ ।
सिचाई विकास सव डिभिजन कार्यालयले १ करोड ३७ लाख ८९ हजार ७ सय २५ रुपैयाँ पूजीगत बजेट खर्च गरेको छ । सिचाई सव डिभिजनमा कुल पूजीगत बजेट ४ करोड ६६ लाख २० हजार रुपैयाँ छ । जिल्ला सरकारी वकिल कार्यालयले ८१ लाख ८७ हजार ५ सय ७६ रुपैयाँ खर्च गरेको छ । सरकारी वकिल कार्यालयको भवन निर्माण भइरहेकाले पूजीगत खर्च देखिएको हो । यो वर्ष पूजीगत शीर्षकमा १ करोड बजेट जिल्ला सरकारी वकिल कार्यालयका लागि छुट्याइएको छ ।
जिल्लास्थित अन्य सरकारी निकायको पूजीगत खर्च भने न्युन रहेको छ । खानेपानी तथा सरसफाई सव डिभिजनले २१ लाख ९९ हजार, अपिनाम्पा संरक्षण क्षेत्रले ११ लाख २१ हजार र जिल्ला प्राविधिक कार्यालयले ११ लाख ९८ हजार पूजीगत बजेट खर्च गरेका छन् ।
जिल्ला हुलाक कार्यालयले २ लाख ९० हजार, जिल्ला स्वास्थ्य कार्यालयले १ लाख ४४ हजार, जिल्ला प्रहरी कार्यालयले २ लाख ४९ हजार, जिल्ला भूसंरक्षण कार्यालयले ५ लाख, जिल्ला मालपोत कार्यालयले ६ लाख ६२ हजार रुपैयाँ पूजीगत बजेट खर्च गरेको कोलेनिका दार्चुलाले जनाएको छ । जिल्ला वन कार्यालयले १ लाख १६ हजार र महिला तथा वालवालिका कार्यालयले १ लाख ३७ हजार पूजीगत बजेट पुष मसान्तसम्मको अवधिमा खर्च गरेको छ । एक लाखभन्दा कम पूजीगत बजेट खर्च गर्ने कार्यालयहरुमा कोलेनिका ४३ हजार ५ सय, इलाका प्रहरी कार्यालय लटिनाथ २५ हजार, सशस्त्र प्रहरी गुल्म १० हजार ६ सय ५० र जिल्ला शिक्षा कार्यालय ६९ हजार ९ सय १३ रुपैयाँ रहेका छन् ।
बाइस सरकारी निकायमा पूजीगत खर्च शुन्य
दार्चुलामा झण्डै दुई दर्जन सरकारी निकायहरुले चालु आर्थिक वर्षको प्रथम छ महिनामा एक रुपैयाँ पनि पूजीगत खर्च गरेका छैनन् ।
चालु वर्षमा बजेट खर्च गर्ने अख्तियारी पाएका दार्चुलाभरी ४८ निकायहरु छन् । यीमध्ये २६ निकायले मात्रै पुष मसान्तसम्मको अवधिमा पूजीगत खर्च गरेका छन् । चालु खर्चका लागि बजेट भएका तर पूजीगत बजेट नभएका १४ वटा निकाय छन् । पूजीगत बजेट भए पनि पुषमसान्तसम्म एक रुपैयाँ पनि खर्च नभएका ८ सरकारी निकाय छन् ।
पूजीगत बजेट खर्च शुन्य रहेका निकायहरुमा जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला कृषि विकास कार्यालय, सीमा प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय गोकुलेश्वर रहेका छन् ।
यसैगरी, जिल्ला युवा समिति, नौगाड गाँउपालिका र तथ्यांक कार्यालयको पूजीगत खर्च पनि शुन्य रहेको छ । जिल्लाका नौवटै स्थानीय तहको वित्तिय समानिकरण अनुदान र सशर्त अनुदानको बजटे कोलेनिकाबाट सिधै निकासा हुने गरेको कोलेनिकाका सुचना अधिकारी इन्द्रसिह धामीले बताउनुभयो । अनुदान बजेट बाहेकको विभिन्न कार्यक्रमका लागि स्थानीय तहमा चालु र पूजीगत बजेट समेत यो वर्ष विनियोजन भएको छ ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य