अपिहिमालमा नगर प्रहरी गठनको निर्णय,, अपि स्वयंसेवक दस्ता नामांकरण

नयाँ  नेपाल एफएम , दार्चुला 
दार्चुलाको अपिहिमाल गाँउपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थाअनुसार नगर प्रहरी गठन गर्ने निर्णय गरेको छ । फागुन ५ गते बसेको गाँउकार्यपालिका बैठकले नगर प्रहरी गठन गर्ने निर्णय गरेको गाँउपालिका अध्यक्ष डिएन घाजिरेलले बताउनुभयो ।
नगर प्रहरीको नाम अपि स्वयंसेवक दस्ता राख्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभएको छ । फागुन महिनाभित्र नगर प्रहरी सम्बन्धि कार्यविधिको खाका तयार गर्न गाँउपालिका बैठकले अध्यक्ष घाजिरेललाई जिम्मेवारी दिएको छ ।
ऐनको व्यवस्था र गाँउपालिकाको आवश्यकता अनुसार नगर प्रहरी गठन गरिन लागेको अध्यक्ष डिएन घाजिरेलको भनाई छ । नगर प्रहरीको संख्या र भर्ना प्रक्रिया, मापदण्ड, परिचालन सम्बन्धि व्यवस्था, सेवा सुविधा लगायतका सबै विषय कार्यविधिमा समेटिने उहाँले बताउनुभयो ।
गाँउपालिकाले कानुनी सल्लाहकारसंग छलफल गरी यसबारे कार्यविधि निर्माण गरिने अध्यक्ष घाजिरेलले बताउनुभएको छ । स्थानीय सरकारका नीति, निर्णयहरुका कार्यान्वयन गराउन तथा विकास निर्माण र स्थानीय प्रशासनिक व्यवस्थापनका लागि समेत नगर प्रहरीको आवश्यकता रहेको उहाँको भनाई छ ।
दार्चुलामा नगर प्रहरी गठनको निर्णय गर्ने अपिहिमाल गाँउपालिका पहिलो स्थानीय तह बनेको छ ।

अपिहिमाल गाँउपालिकाको नाम संसोधन हुने
अपिहिमाल गाँउपालिकाको नाम संसोधन हुने भएको छ । गत भदौ २५ गते सम्पन्न प्रथम गाँउसभाको सर्वसम्मत निर्णयले गाँउपालिकाले नाम अपी गाँउपालिका राख्ने निर्णय गरेको अध्यक्ष डिएन घाजिरेलले बताउनुभयो ।
स्थानीय तहमा जनप्रतिनिधि आएको छ महिनाभित्र स्थानीय तहको नाम र केन्द्र परिवर्तन वा संसोधन गर्न सक्ने कानुनी व्यवस्थाअनुसार नाम संसोधन हुन लागेको हो । गाँउसभाको निर्णय तत्काल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुर्याउन नसकेकाले पहिलो चरणमा नाम र केन्द्र परिवर्तन वा संसोधन भएका स्थानीय तहको सुचीमा अपिहिमालको नाम नआएको अध्यक्ष घाजिरेलको भनाई छ ।
पछिल्लो समय गाँउसभाको निर्णयसहित आवश्यक कागजपत्र मन्त्रालयमा पेश गरिएको र मन्त्रिपरिषद्को निर्णयबाट यसबारे टुंगो लाग्ने उहाँले जानकारी दिनुभएको छ ।
अपी आफैमा हिमाल भएकाले गाँउपालिकाको नाम अपिहिमाल राख्न आवश्यक नभएको गाँउपालिकाको बुझाइ छ । यसअघि जिल्लास्तरबाट छलफल भई गाँउपालिकाको नाम अपिहिमाल प्रस्ताव गरिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गाँउपालिकाको नाम, केन्द्र सम्बन्धि विवरण परिवर्तन वा संसोधन गर्नसक्ने व्यवस्था गरेको छ । यस प्रावधान अनुसार नौगाड गाँउपालिकाको केन्द्र धुलिगडाबाट होपरीगाड सारिएको छ । लेकम गाँउपालिकाको केन्द्र पनि खरकडाबाट रातामाटामा सार्ने निर्णय गरिएको छ ।  
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य