तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार
सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य सन्तोषजनक रहेको बताएका छन् । अनुगमन भ्रमणको क्रममा शुक्रवार दार्चुला पुगेका राज्यमन्त्री पुनले शनिवार विहान पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनअघि तटबन्ध निर्माणक्षेत्रको स्थलगत भ्रमण गरेको अनुगमन टोलीले समयमै गुणस्तरीय निर्माण कार्यका लागि अनुगमन बढाउनुपर्ने समेत बताएको छ । तटबन्ध निर्माणको अधिकांश कार्य यसै आर्थिक वर्षमा सम्पन्न हुने सिँचाई राज्यमन्त्री पुनले बताउनुभयो । उहाँले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने पनि बताउनुभयो । खलंगाको बंगाबगड क्षेत्रमा वर्षातको बेला भत्किएको निर्माणाधिन संरचनामा तत्काल नयाँ संरचना बनाउन उहाँले निर्देशन दिनुभयो । थप क्षति हुन नदिन र प्रभावकारी रुपमा गुणस्तरीय कार्य गर्नका लागि स्थानीयले सरोकार देखाउनुपर्नेमा राज्यमन्त्री पुनले जोड दिनुभयो । अनुगमन टोलीमा सहभागी कृषि राज्यमन्त्री सरिता प्रसाइले कृषि र सिँचाईलाई एकसाथ जोडेर सरकारले योजना र कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । भ्रमणको क्रममा महिलाहरु कृषि क्षेत्रमा बढी सक्रिय रहेकोले सरकारबाट यसमा प्रोत्साहन गरिने उहाँले बताउनुभयो । 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली