कृषि सडकका लागि डेढ करोड बजेट

नयाँ नेपाल एफएम समाचार दार्चुला 
दार्चुलामा कृषि सडक निर्माणका लागि यो वर्ष १ करोड ५० लाख रुपैयाँ बजेट आएको छ । स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमअन्तर्गत निर्माणाधिन तीनवटा सडकका लागि यो बजेट प्राप्त भएको हो ।
जिल्ला समन्वय समितिमार्फत जिल्ला प्राविधिक कार्यालयलाई प्राप्त भएको अख्तियारीबाट यो वर्षको बजेट खर्च हुने प्राविधिक कार्यालयका इन्जिनियर मदनराज जोशीले बताउनुभयो । विगतदेखि निर्माण भइरहेका प्रमुख सडकहरुमा यो वर्षको बजेट खर्च हुने भएको छ । गोकुलेश्वरदेखि बोहरीगाँउ र रिठाचौपाता जोड्ने सडक, होपरी–सिप्टी सडक र धाप–निसिल सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । जिल्ला समन्वय समिति दार्चुलाको फागुन १५ गते बसेको बैठकले गोकुलेश्वर–रिठाचौपाता सडक र गोकुलेश्वर–बोहरीगाँउ सडकमा २५÷२५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । होपरी–सिप्टी सडक र धाप–निसिल सडकमा ५०÷५० लाख रुपैयाँ बजेट केन्द्रबाटै तोकिएर आएको जिल्ला समन्वय समिति प्रमुख करवीरसिह कार्कीले बताउनुभयो । गोकुलेश्वरदेखि रिठाचौपाता र बोहरीगाँउ जोड्ने सडकका लागि एकमुष्ट विनियोजन भइआएकोमा दुबै क्षेत्रलाई जोड्ने सडकमा समान बजेट बाँडिएको उहाँले बताउनुभएको छ ।
हालसम्म गोकुलेश्वरदेखि १७ सय मिटर अगाडिसम्मको सडक निर्माण भइसकेको छ । गोकुलेश्वरदेखि बोहरीगाँउ र रिठाचौपाता जोड्ने सडक १७ सय मिटरको विन्दुबाट छुटिएका छन् । उक्त विन्दुबाट बोहरीगाँउतर्फ साढे ३ किलोमिटर सडक निर्माण भइसकेको जिल्ला प्राविधिक कार्यालय दार्चुलाका इन्जिनियर मदनराज जोशीले बताउनुभयो । रिठाचौपाता जोड्ने सडक भने उक्त विन्दुबाट ५ सय मिटर मात्रै निर्माण गरिएको छ । होपरी–सिप्टी सडक अहिले नौगाड गाँउपालिकाले निर्माण गरिरहेको छ । गाँउपालिकाको बजेटबाट उक्त क्षेत्रमा काम भइरहेको र एक किलोमिटर लामो सडक निर्माण भइसकेको गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । जिल्ला प्राविधिक कार्यालयको बजेटबाट पनि यस सडकमा यस वर्ष ५० लाख बजेट खर्च गरेर काम गरिने भएको छ । धाप–निसिल सडकमा हालसम्म ३ किलोमिटर सडक निर्माण भइसकेको छ । यो वर्ष ५० लाख बजेट छ । चारवटै सडक निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख करवीरसिह कार्कीले बताउनुभयो ।

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन