नेपाल माथि भारतको दादागिरी ः कहिले सम्म हो यो दादागिरी , किन बसेको छ नेपाल सरकार मौन ।।

नयाँ नेपाल समाचार ,दार्चुला
नेपालका विभिन्न कामकाजहरुमा हस्तक्षेत्र गर्दै आएको भारतले पछिल्लो समय नेपाली भूमि तथा आकाश नेपाली पक्षको सहमति विना नै निर्वाध रुपमा प्रयोग गर्ने गरेको छ । 
बेला बेला नेपाली भूमि अतिक्रमण गर्ने भारतले हालै नेपाली पक्षको सहमति विना नै सीमा नदी महाकाली नदीमा ४ ओटा काठेपुलहरु निर्माण गरेको छ । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको तम्बाकु, दोपाखे, घटियाबगड र नजंग खोलामा अस्थाई पुल निर्माण गरेको वडा नम्बर २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीले बताउनु भयो । ती अस्थाई काठेपुल निर्माण कहिले ग¥यो भन्ने समेत नेपाली प्रशासनलाई जानकारी छैन । सोही क्षेत्रमा झोलुङ्गे पुल निर्माणका लागि भारतको पीथौरागढ स्थित एसडिएम कार्यालयलाई नेपाली पक्षलाई पत्राचार गरेको थियो । पत्राचार गर्नु पूर्व नै ती क्षेत्रमा अस्थाई काठेपुल निर्माण गरिएका थिए । सोही विषयमा द्धिपक्षीय वार्ता तथा छलफल गर्न सोमबार भारतको पीथौरागढमा सीमा बैठक समेत निर्धारण गरिएको छ ।
भारतीय पक्षले नेपाली भूमिमा डेढ सय मिटर सडक र झण्डै २ किलोमिटर गोरेटो बाटो निर्माण गरेको छ । भारतले पुल बनाएको थाहा पाएपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली स्थालगत भ्रमण समेत गरेको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाई सोही क्षेत्रमा झोलुङ्गे पुल निर्माण तथा लागत विवरण माग गर्नु पूर्व नै भारतले प्रस्तावित क्षेत्रमा पुल निर्माण गरिसकेको थियो । काठे पुल निर्माण सम्बन्धी प्रशासनलाई कुनै पत्राचार नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।
नेपालको असल छिमेकी राष्ट्र मानिने भारतले खुला सिमा क्षेत्रहरुमा नेपाली भूमि अतिक्रमण जस्ता विभिन्न गतिविधिहरु युगौदेखि गर्दै आइरहेको छ । कतिपयले भारतको यस्तो प्रबृतिलाई नेपालमाथि दादागिरीपन प्रस्ट्याएको टिका टिप्पणी समेत गर्ने गरेका छन् ।
भारतको हर्कत् त्यतिमात्रै नभई भारत–चीनबीच दोक्लाम सीमा विवाद भएको बेला देखि भारतले नेपाली आकाश समेत निर्बाध रुपमा प्रयोग गर्दै आएको छ । नेपाली भूमि अतिक्रमण गरिरहेको भारतले सीमानदी महाकालीदेखि झण्डै २ किलोमिटर भित्र नेपाली भूमि रहेको नेपाली सेनाको दुर्गादल गुल्ममाथि नेपाली आकाशामा निर्बाद रुपमा हेलिकेप्टर उडाउने गरेको छ । वर्षात्का बेला मालपा पहिरो गएकाले दिनमा दर्जनौ पटक नेपाली आकाशमा जहाज उडाउने भारतले अहिले पनि बेला बेला नेपाली आकाशमा हेलिकप्टर उडाउने गरेको छ ।
निरीह नेपाली प्रशासन, मौलायो भारतीय दादागिरी
निर्वादरुपमा नेपाली भूमि प्रयोग गर्ने गरेको भारतले पछिल्लो समय निर्वाध रुपमा नेपाली आकाश प्रयोग गरेपनि नेपाली प्रशासन भने मौन रहने गरेको छ । यो सम्बन्धमा नेपाली पक्षले सीमा बैठकमा समेत उक्त कुरा उठाउने गरेको छैन ।
नेपाली पक्षको मौनताका कारण समेत भारतीय दादागिरी र मनपरी मौलाएको हो भन्ने टिका टिप्पणी समेत हुने गरेको छ । तर यसबारे नेपाली पक्षले कुरा उठाउन समेत सकेको छैन । यही फागुन २१ वा २२ गते पीथौरागढमा हुने सीमा बैठकका लागि तय गरिएको नेपाली पक्षको एजेण्डामा अन्तराष्ट्रिय आकाशा अर्थात् एक–अर्काको आकाश प्रयोग सम्बन्धी एजेण्डा अटाउन सकेको छैन । यसरी नेपाली प्रशासन निरीह बन्दा भारतको मनपरी झन बलियो बन्दै गएको देखिन्छ । युगौदेखि नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्दै आएको छ तर नेपाली प्रशासन मौन रहने गरेको आरोप पनि लाग्ने गरेको छ ।
नेपाली आकाशमा भारतले निर्बाद रुपमा जहाज उडाउने गरेको बारेमा नेपाल नागरिक उड्ययन प्राधिकरणलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो । जिल्ला स्तरले यस्ता अन्तराष्ट्रिय विषय उठाउन नसक्ने भएकाले नेपाल नागरिक उड्ययन प्राधिकरणका सञ्जीव गौतमलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । विशेष अर्थात् आकस्मिक परिस्थितिमा भने एक देशले अर्काे देशको आकाश प्रयोग गर्न पाउने प्रावधान रहेको उहाँको भनाई छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका उप–निर्देशक एवं सूचना अधिकारी त्रिलोचन पौड्यलले नेपालको अनुमति विना भारतले नेपाली आकाशमा जहाज उडाउन नपाउने बताउनु भयो । विशेष परिस्थितिमा समेत उचाईका आधारमा अन्तराष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्ड अनुसार मात्रै अरु देशको आकाश प्रयोग गर्न पाउने प्रावधान रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यलको भनाई छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य