नेपाली अधिकारीको अडानले भारतपछि हट्यो,,के के भए निर्णयहरुः

नयाँ नेपाल समाचार दार्चुला ।
नेपाल र भारतीय अधिकारीबीच भारतको पिथौरागढ जिल्लामा भएको सिमा बैठकमा नेपाली अधिकारीहरुले भारतीय पक्षले महाकाली नदीमाथि एकतर्फी पुल बनाएको विषय जोडदार रुपमा उठेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको टोलीका सबै सहभागिले भारतले आवश्यक नै पर्ने भएपछि नेपाली प्रशानको स्वीकृति लिएर पुल बनाउनु पर्ने एकतर्फी बनाएर गतल गरेको कुरा जोडादार रुपमा राखेपछि भारतीय पक्षले यस्तो कार्य गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता समेत गरेको छ ।
सिमा नदीमाथि पुल बन्दा दुबै पक्षको प्रशासनको स्वीकृति लिनु पर्ने कुरालाई स्वीकार गर्दै पिथौरागढ जिलाका जिल्ला अधिकारी रवि शंकरले आफूलाई त्यसवारे थाहा नभएको र यदि त्यस्तो भएको भए सम्बन्धितलाई कारवाही गर्ने प्रतिबद्धता बैठकमै जनाउनु भएको हो । यी क्षेत्रमा पुल बनाउने हो भने कैलाश यात्रा र स्थानीय नागरिकको बसाईं सराई पूर्ण प्रभावित हुने भएकोले नेपाली अधिकारीहरुले यसका लागि सहयोग गर्नु पर्ने बताउँदै पिथौरागढ जिलाका जिल्ला अधिकारी शंकरले नेपाली प्रशासनको स्वीकृतिपछि मात्रै यो क्षेत्रमा आवागमन सुचारु गरिने बताउनु भयो ।
भारतीय अधिकारीहरुको अनविज्ञता 
सिमा नदीमाथि चार ठाउमा भारतीय पक्षले बनाएको पुलका वारेमा भारतीय अधिकारीहरुले अनविज्ञता जनाएका छन् । पिथौरागढ जिलाका जिल्ला अधिकारी रवि शंकरले मात्रै यो विषयमा अनविज्ञता जनाएका होइनन् धारचुलाका उप जिला अधिकारी राजकुमार पाण्डेयले पनि सिमा नदीमा पुल बनेको कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
भारतका पाँच गाउँका ग्राम पञ्चायत प्रधानहरु, एक जना क्षेत्र पञ्चायत अधिकारी र रं कल्याण संस्थाले आइतवार मात्रै आवागमन सहजताका लागि महाकाली नदीमाथि बनेको पुलहरु सञ्चालन गर्न भन्दै जिल्ला प्रशासन दार्चुलामा ज्ञापन दिएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमा नदीमाथि पुल बनेको कुरा पुष्टि गरेको छ भने व्यास गाउँपालिका वडा नम्बर २ का स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवदेन दिदै उक्त पुलहरुले नेपालीलाई कुनै फाइदा नभएको भन्दै दुम्लिङमा पुल निर्माण गर्न ज्ञापन दिएका थिए ।
सिमा नदीमाथि भारतीय पक्षले एकतर्फी रुपमा पुल बनेको कुरा भारतीयहरुले बताउँदै गर्दा भारतीय अधिकारीहरुले यसप्रति अनविज्ञता देखाउनुले भारतीय व्यवहारप्रति शंका उब्जिएको छ ।
के के भए निर्णयहरुः

पिथौरागढ जिला मुख्यालय पिथौरागढमा भएको बैठकले कैलाश यात्रा र स्थानीयको बसाईं सराइका लागि महाकाली नदीमा पुल र बाटो बन्नु आवश्यक देखिएकाले नेपालको स्वीकृतिपछि यी कामहरु थालिने निर्णय गरिएको छ । 
जिल्लाको उत्तरपश्चिमी क्षेत्रलाई आखेटोपहारको ओसार पसार हुने केन्द्रका रुपमा लिइएको हुँदा बैठकल सिमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रणका लागि सुचना आदान प्रदान गर्ने र यसका लागि आवश्यक समन्वय बढाउने निर्णय समेत गरेको छ । 
दार्चुला सदरमुकाममा रहेको नेपाल भारत जोड्ने पुल जस्तै नेपाल भारत जोड्ने जौलजिली र दत्तुको झोलुंगे पुल बेलुकी ७ बजेपछि मात्रै बन्द गर्ने सहमति बैठकमा भएको छ । 
तटबन्ध निर्माणमा समस्या सिर्जना गरेको दार्चुला सदरमुकाम खलंगाको उत्तरपश्चिममा भारतीय क्षेत्रमा पर्ने खोतिल क्षेत्रको पहिरो व्यवस्थापनका लागि नेपाल र भारतका अधिकारीहरुले स्थलगत अध्ययन गरेर निर्णयमा पुग्ने सहमति समेत भएको छ । उक्त पहिरोले महाकालीको वहाव छेक्ने, महाकालीको मुल प्रवाह नेपालतिर पार्ने तथा नदी किनारमा बन्दै गरेको तटबन्ध निर्माणको कामलाई समेत प्रभावित पार्दै आएको छ । 
कोको थिए बैठकमा 

सिमा क्षेत्रको बैठकमा नेपाली पक्षको नेतृत्व प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नु भएको थियो भने भारतीय पक्षको नेतृत्व पिथौरागढ जिला अधिकारी रवि शंकरले गर्नुभएको थियो । बैठकमा नेपालका तर्फबाट प्रहरी प्रमुख डिएसपी जनबहादुर शाही, सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म खलंगाका गुल्मपति अम्बिका प्रशाद जोशी, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख भुमिराज उपाध्याय, जिल्ला प्राविधिक कार्यायका ईन्जिनियर करनसिह धामी, सिमा प्रशासन कार्यालयका प्रमुख सतिष शाह, नायब सुब्बा चन्द्रसिह धामी, राष्ट्रिय अनुसन्धान दार्चुलाका सई भरतबहादुर चन्द र पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी सहभागि रहेका थिए । त्यसैगरी भारतीय पक्षबाट मुख्य विकास अधिकारी कुमारी बन्दन, धारचुलाका उपजिला अधिकारी राजकुमार पाण्डेय, ५५औं वाहिनी पिथगौरागढ उत्तराखण्ड पुलिका एसपी अजय जोशी लगायत सिमा सुरक्षा बल (एसएसबी) ११औं वाहिनीका प्रमुख, इन्डिया टिब्बेट बोर्डर पुलिस (आइटिबिपी) का कमाण्डेय अफिसिर र सिमा सडक संगठनका प्राविधिकहरुको उपस्थिति रहेको थियो । 


 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को