महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,,
चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली अहिलेसम्मको उच्चस्तरको भ्रमण गर्ने पहिलो टोली रहेको छ । 
नेपाल सरकारले प्राथमिकता दिएर ३ अरबभन्दा बढीको बजेटमा तटबन्ध निर्माण गरिरहेको छ । तर अहिलेसम्म वहालवाला मन्त्री वा  ज्यमन्त्रीस्तरबाट योजनाको स्थलगत भ्रमण हुन सकेको थिएन । यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाई मन्त्री रहेका एनपी साउदले तटबन्ध निर्माणको अनुगमन भ्रमण गर्ने तयारी भएको थियो । तर कार्यव्यस्तता र समय अभावभन्दै तत्कालिन सिँचाई मन्त्रीको भ्रमण हुन सकेको थिएन । 
पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावल, एमाले केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना र पूर्वराज्यमन्त्री तथा काग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले भने तटबन्ध निर्माणको भ्रमण गरेका छन् । प्रनिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारको क्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले दार्चुलाको भ्रमण गरे पनि तटबन्ध निर्माणको अवलोकन तथा निरीक्षण गरेका थिएनन् । हेलिकोप्टरमार्फत प्रचारका लागि दार्चुला पुगेका देउवाले समय अभावका कारण तटबन्ध निर्माणको अनुगमन गर्न नसकेका हुन् । 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य