दार्चुलाको लटीनाथबाट गोकुलेश्वरका लागि छुटेको जीप दुर्घटना,, ८ जना यात्रु घाइते ।। 

नयाँ नेपाल समाचार दार्चुला 
दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथबाट गोकुलेश्वतर्फ आइरहेको म १ ज २३३ नम्बरको जीप बैतडीको डिलाशैनी ३ कल्चुडेमा दुर्घटना भएको छ । जीप दुर्घटनामा परी जीपमा सवार ८ जना मध्ये २ जनाको गम्भीर छ । गम्भीर घाइतेमा मार्मा गाउँपालिका लटिनाथका कृष्णबहादुर विष्ट रहेका छन् । 
अर्का गम्भीर घाइतेको नाम खुल्न सकेको छैन । यस्तै अन्य घाइतेहरुमा अगबरसिह महरा, गौमती महरा, र गीता महरा रहेका छन् । अगबर र गौमती बुढा बुढी हुन् भने गीता छोरी हुन् । यस्तै दुइ जना भारतीय नागरिक रहेका छन् घाइतेहरुमा मेहरमान सिह र सर्वण सिह रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ । जीप सडकबाट चौलानी नदीमा परेको छ । जीप चालक फरार रहेका छन् । घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल ल्याएएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताउनुभयो । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली