काठेपुल सञ्चालन केन्द्र सरकारको अनुमतिपछि मात्रै सञ्चलन गर्न पाउने ।।

नयाँ नेपाल समाचार दार्चुला।।
नेपाल र भारतका अधिकारीहरुबीच महाकाली नदीमा केन्द्र सरकारको अनुमति पाएपछि मात्रै अस्थायी रुपमा काठेपुल सञ्चालन गर्ने सहमति भएको छ । आज पिथौरागढमा भएको सीमा बैठकमा पिथौरागढ र दार्चुलाका अधिकारीहरुबीच यस्तो सहमति भएको हो ।
भारतीय पक्षले एकतर्फी रुपमा राप्लाको दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा बनाएका काठेपुल अवैध भएको र नेपालको सहमति विना बनाइएकोमा नेपाली अधिकारीहरुले भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् । बैठकमा भारतीय पक्षका नेतृत्वकर्ता एवं पिथौरागढका डिएम सि रविशंकरले आफ्नो पक्षबाट कमजोरी भएको स्वीकारेका थिए ।
दुबै देशका अधिकारीहरु नेपाल र भारतको केन्द्र सरकारको स्वीकृतिपछि मात्रै काठेपुल अस्थायी रुपमा सञ्चालन गर्न सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । आफुसंग अर्को विकल्प नभएकाले नेपाली भूमि भएर भारतीय नागरिक र कैलाश मानसरोवर यात्रा गर्न प्रस्ताव गरिएको पिथौरागढका डिएम सि रविशंकरले बताउनुभयो । दुबै देशका अधिकारीहरुले आआफ्नो केन्द्र सरकारसंग काठेपुल र नेपाली भूमिको बाटो प्रयोगबारे स्वीकृतिको लागि पहल गर्ने उहाँले बताउनुभयो ।
भारतको गृह मन्त्रालयअन्तर्गत रहेको स्टेन्डिङ कमिटीमा छलफल गरी विदेश मन्त्रालय र काठमाण्डौस्थित भारतीय राजदूतावासमार्फत यसलाई छिटो टुंगोमा पुर्याउन पहल गरिने डिएम रविशंकरले बताउनुभयो ।
दुई देशबीच अस्थायी रुपमा काठेपुल निर्माण र नेपाली भूमिमा गोरेटो बाटो निर्माण गरी आवतजावत सञ्चालन गर्न केन्द्रबाट स्वीकृति भएपछि काठेपुल र नेपालको गोरेटो बाटो सञ्चालनमा आउने भएको छ । केन्द्र सरकारको स्वीकृति प्राप्त भएपछि केही समयका लागि अस्थायी रुपमा मात्रै काठेपुलको प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी गौतमको भनाई छ ।
नेपाली टोलीको कडा प्रस्तुति
सीमा बैठकमा नेपाली पक्ष कडा रुपमा प्रस्तुत भएको छ । भारतीय पक्षले आफुसंग छलफल र सहमति नगरेर काठेपुल र बाटो निर्माण गरेको भन्दै नेपाली अधिकारीहरुले भारतीय समकक्षीसंग प्रश्न उठाएका थिए ।
बैठकको सुरुमा पिथौरागढका डिएम सि रविशंकरले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसलगत्तै नेपाली टोलीका नेता एवं दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भारतले विना सहमति संरचना निर्माण गरेको भन्दै आपत्ति जनाएका थिए । आफुहरुसंग भारतीय पक्षबाट एकतर्फी निर्माण गरिएका संरचनाका फोटो र भिडियो समेत रहेको बताउदै उहाँले नेपाल सरकारको स्वीकृति विना सीमा क्षेत्रमा संरचना निर्माण र सञ्चालन गर्न नसकिने बताउनुभयो ।
नेपाली पक्षको भनाईपछि पिथौरागढका डिएम सि रविशंकरले धारचुलाका एसडिएम राजकुमार पाण्डे र लोक निर्माण विभागका अधिकारीसंग जानकारी मागेका थिए । बैठकमा डिएम रविशंकरले नेपालको अनुमति विना संरचना भएकोमा कमजोरी भएको स्वीकारेका थिए । सम्बन्धित निकाय र अधिकारीलाई यसबारे स्पष्टिकरण सोधेर कारवाही गर्ने प्रतिवद्धता समेत डिएमले गर्नुभएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताउनुभयो ।
सीमा बैठकले धारचुलाको खोतिलास्थित सुख्खा पहिरो व्यवस्थापनका लागि दुबै देशका अधिकारीले प्राविधिक अध्ययन गर्ने निस्कर्ष निकालेको छ । बैठकमा सहभागी महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले लामो समयदेखि भारतीय पक्षले सुख्खा पहिरोका ढुंगा नहटाएकोमा प्रश्न गर्नुभएको थियो । यसअघिको छलफल र सहमति अनुसार भारतीय पक्षबाट काम नभएको प्रश्न उठाएपछि यसबारे तत्काल प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी काम गर्ने सहमति गरिएको छ ।
मित्रताको स्मृतिमा विरुपा रोपियो
सीमा बैठक सकिएपछि पिथौरागढ र दार्चुलाका अधिकारीहरुले मित्रताको स्मृतिमा धुपी सल्लोको विरुपा रोपेका छन् । दुई देशको घनिष्ठ सम्बन्ध र मित्रताको प्रतिकका रुपमा विरुपा रोपिएको हो ।
पिथौरागढस्थित पर्यटक आवाश गृह परिसरमा विरुवा रोपिएको हो । वातावरण संरक्षण सन्देश दिन पनि विरुपा रोपिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । पिथौरागढका डिएम सि रविशंकर र प्रजिअ गौतमले संयुक्त रुपमा विरुपा रोप्नुभएको हो । पिथौरागढका एसपी अजय जोशी, मुख्य विकास अधिकारी कुमारी बन्दनाले पनि रोपिएको विरुपामा पानी हालेका थिए ।
विरुपा रोप्दै प्रमुख जिल्ला अधिकारी गौतमले आफु दोस्रो पटक आउदा अहिले रोपिएको विरुपामा पानी हाल्न पाउने आशा राख्नुभयो । पिथौरागढका डिएम सि रविशंकरले विरुवा रोपिएको ठाँउमा नेपाल र भारतको मित्रताको प्रतिक जनाउने बोर्ड राख्न अधिकारीलाई निर्देशन दिनुभयो ।
नेपाली मिडियाप्रति गुनासो
भारतीय अधिकारीहरुले महाकाली नदीमा बनाइएका काठेपुलको विषयलाई नेपाली मिडियालाई बढी महत्व दिएर सार्वजनिक गरेको भन्दै गुनासो गरेका छन् । बैठकपछि पर्यटक आवाश गृहमा आयोजित दिवाभोज (लन्च) पछि भारतीय अधिकारीले यस्तो गुनासो गरेका हुन् ।
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीसंग धारचुलाका एसडिएम राजकुमार पाण्डेले सामान्य विषयलाई मिडियामा ठूलो महत्व दिइएको बताउनुभयो । अध्यक्ष धामीले दुई देशको सीमाक्षेत्रमा नेपालको सहमति विना संरचना बनाइएकाले मिडियाले समाचार बनाएको प्रतिक्रिया दिनुभयो ।
दुई देशको घनिष्ठ सम्बन्ध र एकआपसको निर्भरतालाई ख्याल गर्न एसडिएम पाण्डेले सुझाव दिनुभयो । पिथौरागढका एसपी अजय जोशीले पनि महासंघ अध्यक्ष शंकरसिह धामीसंग सीमाक्षेत्रका सामान्य विषयलाई नेपाली मिडियालाई बढी चर्चाको विषय बनाएको प्रतिक्रिया दिनुभयो ।
नेपालका सञ्चारमाध्यमले आफ्नो व्यवसायिक र राष्ट्रियताको धर्म निर्वाह गरेको पत्रकार प्रेम चुनाराको प्रतिक्रिया छ । नेपाली पत्रकारहरुसंगको कुराकानीमा पिथौरागढका डिएम सि रविशंकरले काठेपुल र नेपालको बाटो प्रयोग गर्नुपर्ने भारतीय पक्षको बाध्यता भएको बताएका छन् । यद्यपि नेपाली पक्षको सहमतिविना संरचना बनाउनु दुखद् भएको उहाँको प्रतिक्रिया छ ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को