अपिनाम्पा संरषण क्षेत्र भित्रका बिसवटा विद्यालयमा अपिनाम्पाको २५ लाख बजेट

नयाँ नेपाल समाचार दार्चुला 
अपिनाम्पा संरषण क्षेत्र कार्यालयले चालु आर्थिक वर्षमा संरक्षण क्षेत्रअन्तर्गत पर्ने २० वटा विद्यालयमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो वर्ष प्राप्त भएको मध्यवर्ती क्षेत्र विकास कार्यक्रमबाट विद्यालयहरुमा बजेट दिइएको हो ।
मध्यवर्ती क्षेत्र विकास कार्यक्रमअन्तर्गत सामुदायिक विकासको क्षेत्रमा विद्यालयहरुमा बजेट विनियोजन गरिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले उपभोक्ता समितिको सिफारिसका आधारमा विद्यालय छनौट गरेको हो । असोज पहिलो हप्ता बसेको परिषद् बैठकले चालु वर्षको बजेट बाँडफाँड गरेको थियो ।
सामुदायिक विकासका लागि भन्दै विद्यालयहरुमा बजेट दिइए पनि स्थानीय आवश्यकता अनुसार बजेट खर्च गरिने भएको छ । विद्यालयहरुमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म बजेट दिइएको छ । सम्बन्धित क्षेत्रका उपभोक्ता समितिसंग सम्झौता गरी बजेटबाट क्रियाकलाप सञ्चालन भइरहेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिनुभयो । बजेट प्राप्त गर्ने शैक्षिक संस्थाहरुमा अपिनाम्पा क्याम्पस हुतीले २ लाख र हुतीकै रानीस्थान प्रावि नौपन्यारले एक लाख रुपैयाँ पाएको छ ।
इयरकोटको गौरीशंकर माविले २ लाख र देवी प्रावि कैदमकोटले १ लाख रुपैयाँ पाएको छ । अपिनाम्पा प्रावि घुसामा २ लाख, मलमट्टे प्रावि सिप्टीमा १ लाख, धु्रवतारा प्रावि शेरीमा ५० हजार र हटिनाथ प्रावि शेरीमा ५० हजार बजेट छुट्याइएको छ ।
ब्रह्मदेवको गणेश मावि सिमली, छापरीको अल्कापुरी मावि, सुन्सेराको हुस्कर प्रावि डोकट र महादेव प्रावि तुसारपानी तथा प्रावि काँटैमा एक÷एक लाख रुपैयाँ बजेट दिइएको छ । धौलाकोटको रानीस्थान प्रावि डोकट, दुर्गास्थान मावि स्याकु र मावि पिपलचौरीमा दुई÷दुई लाख रुपैयाँ बजेट छ भने सर्वहित निमावि दुम्लिङ, तपोवनको भुवनेश्वरी प्रावि, सितोलाको सल्लेधार मावि र धौलाकोटको गिताभवन प्रावि तिगरममा एक÷एक लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
सम्बन्धित क्षेत्रका उपभोक्ता समितिको छनौटका आधारमा विद्यालयहरुमा बजेट दिइएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । बजेटको कार्यान्वयन पनि उपभोक्ता समिति वा सम्बन्धित क्षेत्रमा रहेको उपभोक्ता समूहले गर्ने प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली