खोतिला पहिरोमा दुई देशका अधिकारीको स्थलगत निरीक्षण, दुई दिनभित्र आफ्नोतर्फको निस्कर्ष दिने भारतको सिचाई विभागको भनाई ।।

नयाँ नेपाल समाचार दार्चुला  ।
फागुन २१ गते पिथौरागढमा बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकको सहमतिअनुसार आज धारचुलाको खोतिलामा दुई देशका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् । महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशील देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी तथा धारचुलास्थित एसडिएम राजकुमार पाण्डे र सिचाई विभाग इन्जिनियर चन्द्रशेखर आर्यले स्थलगत निरीक्षण गर्नुभएको हो । 
भारततर्फको सुख्खा पहिरोले महाकाली नदीको वहाव परिवर्तन गरी नेपालतर्फ बनाइएको संरचनामा क्षति पुगेको छ । नेपाली पक्षले दुई वर्ष अगाडिदेखि सुख्खा पहिरोका ढुंगा हटाउन भारतीय पक्षलाई भन्दैआएको छ । भारतीय पक्षले भने अहिलेसम्म ढुंगा हटाउने कार्य प्रभावकारी रुपमा गर्न नसकेको नेपाली पक्षको भनाई छ । पिथौरागढ बैठकमा नेपाली पक्षले यसबारे गम्भीर रुपमा प्रश्न उठाएपछि दुबै देशका अधिकारीले स्थलगत निरीक्षण गरी निस्कर्ष निकाल्ने सहमति भएको थियो । सुख्खा पहिरोका कारण ठूल्ठूला ढुंगा नदीमा खसेर नदीको वहाव नेपालतर्फ फर्किएको छ । नेपालतर्फ बनाइएको डेढ करोड रुपैयाँ लागतको पक्की तटबन्धको संरचना क्षतिग्रस्त भएको योजना प्रमुख सुशील देवकोटाले बताउनुभयो । आजको स्थलगत निरीक्षणपछि दुई दिनभित्र भारतको सिचाई विभागले आफ्नो निस्कर्ष दिने बताएको छ । धारचुलाका एसडिएम राजकुमार पाण्डेले महाकाली नदीमा रहेका ठूल्ठूला ढुंगा हटाउन सिचाई विभागका इन्जिनियर आर्यलाई निर्देशन दिनुभएको छ । खोतिला जोड्ने गोरेटो बाटो निर्माण र सुख्खा पहिरोको रोकथामलाई समेत ध्यान दिन एसडिएमले इन्जिनियर चन्द्रशेखर आर्यलाई निर्देशन दिनुभएको छ । 
इन्जिनियर आर्यले आफुले विभागमा छलफल गरेर नयाँ विकल्पबारे दुई दिनभित्र जानकारी दिने बताएका छन् । नेपाली पक्षले भारततर्फको सुख्खा पहिरोले आएका ढुंगा फुटाएर नदीको वहाव पूर्ववत रुपमा राख्नुपर्ने बताएको छ । सुख्खा पहिरोले ढुंगा नदीमा खस्दा नदीको वहाव परिवर्तन भएको छ । वर्षातको बेला पहिरो बढेर महाकाली नदीको पानी नै थुनिने खतरा छ । 
नेपाल र भारत दुबैतर्फ सुख्खा पहिरोले जोखिम बढाएको भन्दै धारचुलाका एसडिएम आरके पाण्डेले तत्काल रोकथाम र संरक्षणको काम थाल्न सिचाई विभागलाई निर्देशन दिनुभएको छ । नेपाली पक्षले तत्काल ठोस निर्णय र विकल्प दिन भारतीय पक्षलाई आग्रह गरेको छ । भारतीय पक्षले तत्काल ठोस विकल्प दिएर काम गर्नुपर्ने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटा बताउनुहुन्छ । भारतीय पक्षले सहयोग नगरे नेपालले आफ्नो आवश्यकता अनुसार नदी किनारमा संरक्षणको काम थाल्ने उहाँको भनाई छ । 
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य