महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,,
चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली अहिलेसम्मको उच्चस्तरको भ्रमण गर्ने पहिलो टोली रहेको छ । 
नेपाल सरकारले प्राथमिकता दिएर ३ अरबभन्दा बढीको बजेटमा तटबन्ध निर्माण गरिरहेको छ । तर अहिलेसम्म वहालवाला मन्त्री वा  ज्यमन्त्रीस्तरबाट योजनाको स्थलगत भ्रमण हुन सकेको थिएन । यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाई मन्त्री रहेका एनपी साउदले तटबन्ध निर्माणको अनुगमन भ्रमण गर्ने तयारी भएको थियो । तर कार्यव्यस्तता र समय अभावभन्दै तत्कालिन सिँचाई मन्त्रीको भ्रमण हुन सकेको थिएन । 
पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावल, एमाले केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना र पूर्वराज्यमन्त्री तथा काग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले भने तटबन्ध निर्माणको भ्रमण गरेका छन् । प्रनिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारको क्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले दार्चुलाको भ्रमण गरे पनि तटबन्ध निर्माणको अवलोकन तथा निरीक्षण गरेका थिएनन् । हेलिकोप्टरमार्फत प्रचारका लागि दार्चुला पुगेका देउवाले समय अभावका कारण तटबन्ध निर्माणको अनुगमन गर्न नसकेका हुन् । 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन भोली सम्मका लागि स्थगित ।।

दार्चुला समाचार,, नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन भोली सम्मका लागि स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पद र