राजश्व बढाउँदै संरक्षण क्षेत्र दार्चुलाले

नयाँँ नेपाल समाचार, दाचुृर्ला
स्थापना वर्ष २०६७÷०६८ मा ५ लाख ६१ हजार ९ सय ८० रुपैयाँ मात्रै राजश्व संलकन गर्न सकेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अघिल्लो वर्ष २०७३÷०७४ मा भने २ करोड ३ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा वन क्षेत्रबाट २ करोड १ लाख २४ हजार, ५ सय ४०, बिदेशी पर्यटकहरुको दस्तुरबाफत ५९ लाख ३ हजार २०, लिलाम बिक्रीबाफत ९४ हजार ५ सय र टेण्डर बिक्रीबाट १ लाख ११ हजार २ सय ३१ रुपैयाँ राजश्व संकलन गरेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले जानकारी गराउनु भएको छ ।
स्थापनाको ७ वर्षसम्म संरक्षण क्षेत्रले ७ करोडभन्दा बढी राजश्व उठाएको सहायक संरक्षण अधिकृत शेर्पाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०६८÷०६९ मा ९५ लाख ३८ हजार ६ सय ८८, आर्थिक वर्ष २०६९÷०७० मा ७८ लाख २७ हजार ६ सय ९६, आर्थिक वर्ष २०७०÷०७१ मा १ करोड २ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ राजश्व संकलन भएको संरक्षण क्षेत्र कार्यालयसँग तथ्यांक रहेको छ । त्यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा ८६ लाख ४७ हजार ४ सय ९९ र आर्थिक वर्ष २०७२÷०७३ मा १ करोड ७३ लाख ४५ हजार ४८ गरी अहिलेसम्म ७ करोड ४५ लाख ४४ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन भएको छ ।
चोरी सिकारी नियन्त्रणमा पहल
चोरी सिकारी गरी आखेटोपहार ओसारपसार गर्ने ट्रान्जिट प्वाइन्टका रुपमा बदनाम संरक्षण क्षेत्रभित्र पर्ने जिल्लाको उत्तरी क्षेत्रमा संरक्षण क्षेत्रले वन्यजन्तु तथा वनपैदावार चोरी सिकारी नियन्त्रण गर्न दुई पटक गरी १४ दिनसम्म अभियान चालेको छ ।
गत आर्थिक वर्षको कार्यक्रम अन्तर्गत गत वर्ष भदौ १३ गतेदेखि भदौ १९ गतेसम्म व्याँस गाउँपालिका वडा नम्बर १ को तिंकरमा उक्त अभियान अन्तर्गत सरोकारवालासँगको समन्वयमा बैठक सम्पन्न गरिएको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनु भयो । त्यसैगरी सोही वडाको छाङ्रुमा भदौ २२ गतेदेखि भदौ २८ गतेसम्म सोही प्रकृतिको बैठक सम्पन्न गरिएको थियो ।
गत वर्ष वन्यजन्तु अपराध नियन्त्रण व्यूरोको ३ पटकसम्म बैठक बसेको थियो । वन्यजन्तु अपराध नियन्ण इकाईले आयोजना गरेको उक्त बैठक विश्व वन्यजन्तु कोषको सहयोगमा आयोजना गरिएको संरक्षण क्षेत्रले जानकारी दिएको छ । त्यसैगरी संरक्षण क्षेत्रले विभिन्न ठाउँमा चोरी सिकारी नियन्त्रण स्वीप अप्रेसन तथा संयुक्त गस्तीसमेत गरेको जानकारी गराएको छ । संरक्षण क्षेत्रभित्र पर्ने गुल्जर, तपोवन, लटिनाथ, खार र सिप्टीमा उक्त गस्ति गरिएको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभएको छ । उक्त गस्तीले वन्यजन्तु चोरी सिकारी तथा वन पैदावारमा हानी नोक्सानी नियन्त्रण गर्ने र अवलोकन निरीक्षण गर्ने काम समेत गरेको छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन