शब गाडेको एकहप्ता पश्चात् पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ।।

नयाँ नेपाल समाचार, दार्चुला
दार्चुलाको हिकिलामा एक महिलाको शव गाडेको झण्डै एक हप्ता पश्चात् पोष्टमार्टमकाका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका अन्दाजी वर्ष २१ की लक्ष्मी भट्टको शव गाडेको ६ दिनपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको हो ।
फागुन २६ गतेदेखि बेपत्ता लक्ष्मी भट्ट भोली पल्ट फागनु २७ गते मृत अवस्थामा फेला परेकी थिइन् । मृत भेटिएको लक्ष्मी भट्टको शब सोही दिन गाडिएको थियो । फागुन ४ गते मात्रै हिकिलाकै विरेन्द्र जोशीसंग प्रेम विबाह गरेका मृतक लक्ष्मी भट्टको १ महिना नपुग्दै यस्तो घटना भएको हो ।
श्रीमान विरेन्द्र सहित साथीहरुसंग खर्क(गाइगोरु बाध्ने छुट्टै घर) गएकी भट्ट भोली पल्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खर्क गएकै दिनबाट वेपत्ता भट्ट दोस्रो दिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
मृतक भट्टका दाई केशब भट्टले प्रहरीलाई दिइएको उजुरीका आधारमा गाडेको शव पोष्टमार्टम का लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक भट्टका दाईले ब्रम्मदेव प्रहरी चौकीमा मृतक बहिनीको शब पोष्टमार्टमको माग सहित ब्रह्मदेव प्रहरी चौकीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय र ब्रह्मदेव प्रहरी चौकीबाट गएको प्रहरी टोलीले शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको हो । शव पोष्टमार्टम शनिबार गरने प्रहरीले जनाएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली