उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य गणेशसिँह ठगुन्नाले प्रराष्ट मन्त्रालयमा ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला ।
नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका छन् । 
दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट १ सय १० किलोमिटरको दुरीमा रहेको तिंकर नाका सञ्चालन गर्न प्रतिनिधि सभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटेरै ज्ञापन पत्र बुझाएका हुन् ।
दार्चुला जिल्लाबाट चीनको ताक्लाकोट व्यापारिक नाका जोड्ने तिंकर नाका प्रदेश नम्बर ७ कै छोटो तथा परम्परागत रुपमा सञ्चालन भएको नाका भएकाले यथाशिघ्र सञ्चालन गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अनुरोध गरेका हुन् । 
दार्चुला जिल्लाको तिंकर नाकालाई व्यापारिक तथा धार्मिक पर्यटकीय नाकाको रुपमा सञ्चालन गर्न सके प्रदेश नम्बर ७ को मात्रै नभई सिंगो राष्ट्रको समृद्धिमा टेवा पुग्ने भन्दै उक्त नाका सञ्चालनमा प्रतिनिधिसभा सदस्य ठगुन्नाले जोड दिनु भएको हो । 
परम्परागत रुपमा स्थानीय नागरिकहरुले पवित्रतीर्थ स्थल कैलशा मानसरोबर यात्रा गर्दै आएको भएपनि औपचारिक रुपमा अनुमति नदिएको उक्त नाका सञ्चालन गर्न सके कैलाश मानसरोबरयात्रीहरु पनि नेपाल भित्रिने भएकाले देश समृद्धिमा टेवा पुग्ने दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले बताउनु भयो ।
ज्ञापन पत्र बुझाए पश्चात् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तिंकर नाका खोल्न सकरात्मक रहेको सांसद ठगुन्नाले बताउनु भयो । तिंकर नाकालाई व्यापारिक तथा धार्मिक नाको रुपमा कैलाश मानसरोबरको प्रबेश द्वारको रुपमा विकास गर्न परराष्ट्रमन्त्री  सकरात्मक देखिएका छन् । निकट भविष्यमा हुने चीन भ्रमणमा उक्त नाका सञ्चालन बारे प्रस्ताव राख्ने परराष्टमन्त्री ज्ञवालीले प्रतिबद्धता गर्नु भएको छ ।
दार्चुला तिंकर सडक सञ्चालन गरी चीन संग जोडिएको उत्तरी तिंकर नाका सञ्चालन गरे दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुग्ने प्रदेश सांसद गेल्बुसिँह बोहराले बताउनु भयो । यसअघिको देउवा सरकारले दार्चुला जस्तो विकट जिल्लालाई सुगम बनाएकाले अहिलेको सरकारले दार्चुलालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । त्रीदेशीय सीमा क्षेत्रमा रहेको दार्चुला जिल्लाको व्यापारिक तिंकर नाका सञ्चालन गरी दार्चुला तथा सिंगो ७ नम्बर प्रदेशको विकासमा टेवा पुगाउनु पर्ने प्रदेश सांसद बोहराको भनाई छ । तिंकरनाका सञ्चालन गर्न सके भारतको बाटो भएर कैलाश मानसरोबरको दर्शन गर्न जाने तीर्थयात्रीहरु नेपाल भित्रिने र नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने सांसद बोहराले बताउनु भयो । तिंकर नाका दार्चुलाको लागि मात्रै नभई सिंगो राष्टको समृद्धिको लागि भएकाले राष्ट्रको समृद्धिको ढोका खोल्न तिंकर नाका खोल्नु आबश्यक रहेको साँसद बोहराले धारणा व्यक्त गर्नु भयो ।
तिंकर नाका सञ्चालनको माग गर्दे ज्ञापन पत्र बुझाउन प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाको नेतृत्वमा गएको टोलीमा राष्ट्रिय परिषद पूर्व सदस्य हरदेव जोशी, व्यवसायी एवं समाजसेवी परमानन्द पाण्डेय, समाजसेवी भाष्कर लाला, व्याँस गाउँपालिकाका एमाले नेता दिलिपसिँह डडाल, वाईसिएल केन्द्रिय सदस्य मञ्जु बम, व्याँस गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र कुवँर लगायतको सहभागिता रहेको थियो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली