​​​​​​​९ महिनामा एक हजार बढी सवारी साधान कारबाहीमा, ८ दिनमै ४१ सवारीले तिरे जरिवाना 

नयाँ नेपाल समाचार दार्चुला।
चालु आर्थिक वर्षको ९ महिनाको समयावधिमा १ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको साउन महिना देखि चैत्र सम्म दार्चुला जिल्लामा विभिन्न रुटमा चल्ने सवारी साधनहरुमध्ये १ हजार २४ ओटा सवारी साधनलाई कारबाही गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाले जनाएको छ ।



लाईसेन्स नबोकी सवारी साधन चलाउने, झुन्डिएर यात्रा गराउने, क्षमता भन्दा बढी यात्रु अर्थात् समान लोड गर्ने, हेल्मेट बिना मोटरसाईकल हाक्ने तथा मदिरा सेवन गरी सवारी साधन हाक्ने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको हो । जिल्ला भरीका विभिन्न रुटमा चल्ने सवारी साधनहरुले ट्राफिक नियम उल्लघंन गरेकाले ती सवारी साधनहरुलाई नियमानुसार कारबाही गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलामा कार्यरत ट्राफिक प्रहरी जवान जयहरी चन्दले बताउनु भयो ।
चालु आर्थिक वर्षको श्रावण महिनामा ८९ ओटा सवारी साधन कारबाहीमा परेका थिए भने भाद्र महिनामा १ सय २२, असोज महिनामा १ सय २६, कात्र्तिकमा  १ सय १७ ओटा, मंसिरमा ७० ओटा सवारी साधन कारबाहीमा परेका थिए । यस्तै पुष महिनामा १ सय १५ ओटा सवारी साधन, माघमा १ सय ३३, फागुनमा १ सय १४ ओटा र चैत्र महिनामा १ सय ३८ ओटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारबाही गरिएको ट्राफिक प्रहरी जवान जयहरी चन्दले जानकारी दिनुभयो । अस्थायी ट्राफिक पोष्ट दार्चुलाकाको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको श्रावणदेखि चैत्रसम्म सबैभन्दा बढी सवारी साधन चैत्र महिनामा कारबाहीमा परेका थिए । सबै भन्दा बढी चैत्र महिनामा १ सय ३८ ओटा र सबैभन्दा थोरै मंसिर महिनामा ७० ओटा सवारी साधन कारबाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।
श्रावणदेखि चैत्र मसान्तसम्म कारबाहीमा परेका सवारी साधनहरुबाट ६ लाख ३३ हजार राजस्वा संकलन गरेको छ । सबै भन्दा थोरै मंसिर महिनामा ४२ हजार राजस्व संकलन गरिएको छ भने सबै भन्दा बढी चैत्र महिनामा ८४ हजार राजस्व संकलन गरेको छ ।

बैशाख महिनाको ८ दिनमै ४१ सवारी साधन परे कारबाहीमा

नयाँ वर्षका बैशाख महिनाको छोटो सयममै ४१ ओटा सवारी साधन ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । नयाँ वर्षका हालसम्म अर्थात् ८ दिनको अवधिमा ४१ ओटा सवारी साधनमाथि कारबाही गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाले जनाएको छ । 
८ दिनको अवधिमा कारबाहीमा परेका २२ ओटा जीपबाट १३ हजार रुपैया राजस्व संकलन गरेको छ भने १० ओटा मोटरसाइकलबाट ९ हजार ५ सय राजस्व संकलन गरेको छ । यस्तै टीप्पर र जेसिबि एउटा÷एउटा गरी २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ४ ओटा टिप्परबाट २ हजार र ३ ओटा ट्रकबाट ३ हजार जरिवाना तिराइएको ट्राफिक प्रहरीले जनाएको छ । ८ दिनमा कारबाहीमा परेका ४१ ओटा सवारी साधनबाट २८ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली