नौगाढ गाउँपालिकाको प्रविधि जिल्लाकै नमुना : विद्युतीय प्रणाली मार्फत् हाजिरी, सिसिटिभीको निगरानीमा कर्मचारी ।।

नयाँ नेपाल समाचार । दार्चुला ।

नौगाढ गाउँपालिकाले जिल्लाका अन्य स्थानिय तहभन्दा फरक र नमुना योग्य प्रविधि सञ्चालन गरेको छ । नौगाढ गाउँपालिकाले नयाँ वर्षको सुरुवात संगै गाउँपालिकाको कार्यालयमा विद्युतीय हाजिरी अपडेट गर्ने प्रविधि भित्र्याएको छ ।
नौगाढ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले रजिस्टरमा हाजिरी अपडेट गर्नुपर्ने झन्जटबाट मुक्ति पाएका छन् । नौगाढ गाउँपालिकाले १२ हजार ५ सयमा विद्युतीय हाजिरी अपडेट गर्ने प्रणाली सुचारु गरेको गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले जानकारी दिनुभयो । प्रत्येक कर्मचारीहरको नाम, सम्पर्क नम्बर तथा संकेत उक्त विद्यतीय मेसिनमा सेट गरेर राखिएको हुन्छ । कर्मचारीको फिङ्गर प्रिन्टका आधारमा हाजिरी अपडेट गर्ने प्रविधि भित्र्याउनेमा दार्चुला जिल्लाकै पहिलो स्थानिय तह हो । जिल्लाका ९ ओटा स्थानिय तहमध्ये नौगाढ गाउँपालिकामा नयाँ वर्षको आरम्भ संगै नयाँ प्रविधि सहितको मेसिन जोडिएकाले कर्मचारीहरुको उपस्थिति लगायत क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले जानकारी दिनुभयो ।
यस्तै नौगाढ गाउँपालिकाल ३६ हजार रुपैयाँ बरारबको ८ ओटा सिसि टिभी क्यामरा समेते जडान गरेको छ । गाउँपालिकाको कार्यालयमा ८ ओटा सिसि टिभी क्यामरा जडान गरि सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनसिँह धामीले जानकारी दिनुभयो । गाउँपालिकाका विभिन्न कक्षमा सिसि टिभी क्यामरा जडान गरिएकाले कर्मचारीको कार्यसम्पादन तथा सेवा प्रवाह प्रभावकारी हुने विश्वस गरिएको छ । गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको विद्युतीय हाजिरी अपडेट प्रणाली र सिसि टिभी क्यामरा छिट्टै गाउँपालिकाका अन्तरगतका ६ ओटै वडामा समेत जडान गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत धामीले बताउनु भयो । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले निर्वाह गरेका काम कर्तव्य सिसि टिभी क्यामराको प्रत्यक्ष निगरानीमा हुने भएकाले कर्मचारीहरुले अनुसाशित र जिम्मेवारी पूर्वक काम गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले विश्वास व्यक्त गर्नु भएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली