चमेलिया नदीमा २ जनाको शब फेला ।

नयाँ नेपाल समाचार ।
२०७५ बैशाख १२ गते, दार्चुला ।

चमेलिया नदीको छुट्टा छुट्टै स्थानमा २ जनाको शब फेला परेका छन् । दार्चुला र बैतडीका २ जनाको शब बुधबार चमेलिया नदीमा फेला परेको हुन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का अन्दाजी वर्ष ५२ का गोपालदत्त जोशी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का अन्दाजी वर्ष वर्ष ३२ का धिर्क बोहराको शब फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायब निरिक्षक जयानन्द नाथले जानकारी दिनुभयो । दार्चुलाका जोशीका शब छोला नजिक फेला परेको हो भने बैतडीका बोहराका शब चमेलियाको बैतडीतर्फ पङशेरा नजिक फेला परेको प्रहरी नायब निरीक्षक नाथले बताउनु भयो । बजार जान्छु भन्दै मंगलबार घरबाट हिडेका शैल्यशिखर नगरपालिका २ का जोशीको शब बुधबार नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जोशीको शब गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको छ भने बोहराको शब पनि आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक जयानन्द नाथले बताएका छन् ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य