अध्यक्ष उम्मेदवारहरुको बिरुद्धमा बदर मत

नयाँ नेपाल समाचार । बैशाख २२, दार्चुला ।
पत्रकार महासंघ प्रदेश नम्बर ७ को अध्यक्ष पदको निर्वाचनमा उम्मेदवारी दिएका दुबैको बिरोध गर्दै दार्चुलामा ४८ प्रतिशतभन्दा बढी मत बदर गरिएका छन् ।
महासंघको निर्वाचनमा जिल्लालाई नै उपेक्षा गरि अध्यक्षको पदमा उम्मेदवारी घोषणा गर्ने र जिल्लामा रहेका सदस्यहरुसँग समन्वय नै नगरेका कारण बिरोध स्वरुप मत बदर गरिएको दार्चुलाका पत्रकारहरुले बताएका छन् ।
प्रदेश सभा अध्यक्ष पदको निर्वाचनका लागि ५६ जना सदस्यहरुमध्ये ३९ मत खसेका थिए । दार्चुलाबाट ११ मत हरीप्रसाद जोशी र मत अर्जुन साहलाई परेका थिए भने १९ मत बदर रहे । संगठनको अनुशासन र विधि बिपरीत उम्मेदवारी दिने र जिल्लाका सदस्यहरुसँग समन्वय नै नगरेका कारण बदर मतबाट दुबै उम्मेदवारप्रति बिरोध प्रतिबिम्बित भएको दार्चुलाका पत्रकार शंकरसिह धामीले बताउनु भयो ।
‘जिल्लामा आएर सबैसित छलफल बहष गरेको भए, कम्तिमा पनि आफ्नो संगठनभित्र एक मत गराउने प्रयास गरिएको भए यस्तो अवस्था आउने थिएन तर उम्मेदवारी पनि लाद्ने र मत पनि माग्नेका बिरुद्ध बदर मत प्रयोग गरिएको हो ।’ पत्रकार नरेश भट्टले भने ।
‘दार्चुलामा महासंघ स्थापना कालदेखि केन्द्रले दार्चुलालाई हेर्ने दृष्टिकोण सधै हेयको रह्यो । यिनीहरुले के नै गर्न सक्छन् र भन्ने मान्यता रह्यो । यही मान्यताका बिरुद्ध सदस्यहरुले मत बदर गरेर समर्थन गरेका हुन् ।’ अर्का पत्रकार मदन धामीले भने ।
‘बदर भएका सबै मत पत्रमा दुबै उम्मेदवारको नामका अगाडि गुणन चिन्ह राखिएको थियो ।’ निर्वाचन मंडलका संयोजक भोजराज जोशीले भने ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य