७ नम्बर प्रदेशको आँठौँ जिल्लाको रुपमा दार्चुला खुल्ला दिशामुक्त घोषणा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
निकै लामो समय पश्चात् दार्चुलालाई मंगलबार खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । दार्चुलाका सबै स्थानिय तह खुला दिशा मुक्त घोषणा भएपछि सन् २०१२ देखिको खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अभियान अहिले सफल भएको छ ।
७ नम्बर प्रदेशको आठाँैँँ देशकै ५० औँ अर्थात् नयाँ संरचना अनुसार ५२ आँै जिल्लाको रुपमा दार्चुला जिल्ला आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान’ भन्ने नाराका साथ जिल्लालाई आज एक कार्यक्रमका बीच खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
दार्चुला जिल्लाभरी कुल २४ हजार ६ सय १८ घरधुरी मध्ये १ सय ८२ घरधुरीले संयुक्त शौचालय प्रयोग गरिरको तथा जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा १ सय ११ घरधुरीले सेफ्टी ट्याङ्की र शौचालय निर्माण नगरैकै बेला जिल्लालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो । यसरी कागजमा मात्रै खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको तर साँचिकै खुला दिशा मुक्त गर्न निकै कठिनाइ भएको महाकाली नगरपालिका वडा नम्बर ४ का एक स्थानियले बताएका छन् । खानेपानी समस्या रहेका बस्तीहरुमा निर्माण गरिएका शौचालयहरु समेत प्रयोग विहीन बन्ने अवस्था रहेका भन्दै उहाँले कागजमा गरिएको खुला दिशा मुक्त कार्यक्रमको अर्थ नहुने टिप्पणी गर्नु भयो ।
दार्चुला जिल्लाभरी २४ हजार ४ सय ५९ बढी शौचालय निर्माण गरिएको तथा प्रदेश नम्बर ७ का अन्य जिल्लाहरु भन्दा दार्चुला सरसफाईका क्षेत्रमा उत्कृष्ट रहेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति सचिव प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । यस्तै महाकाली नगरपालिकामा सेफ्टी ट्याङ्की निर्माण नगरेका तथा शौचालय निर्माण गरेका घरधुरीहरुले संयुक्त शौचालय प्रयोग गर्ने गरेकाले क्षेत्रिय सरसफाई स्वच्छता समन्वय समितिको मापदण्ड अनुसार जिल्लालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको सचिव रावलको भनाई छ ।
जिल्लालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियानका क्रममा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत् आव २०६८÷ ०६९ देखि हालसम्म ६८ लाख ३३ हजार ६ सय ८२ रुपैयाँ, सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाबाट ३ करोढ ८७ लाख ४० हजार १ सय ८४ रुपैया, नेपाल रेडक्रमसबाट ९२ लाख, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट ५ करोड १३ लाख १५ हजार ५ सय ३८ रुपैयाँ गरी जम्मा १२ करोड ४१ लाख १८ हजार ७६ रुपैयाँ खर्च भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य