हिमपात भएपछि यार्सा पाटनमा संकलकहरुको विजोग,, घर फर्किदै संकलकहरु ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
यार्सा संकलनका लागि यार्सा पाटनहरुमा गएका यार्सा संकलकहरु घर फर्किन थालेका छन् । २÷३ देखि मौसम परिबर्तनका कारण दार्चुलाका उच्च हिमाली क्षेत्र अर्थात् यार्सा पाटनहरुमा भारी हिमपात हुदाँ यार्सा संकलकहरुको विजोक बनेको छ ।
यार्सा संकलनका लागि यार्सा पाटनहरु बनाएका अस्थायी क्याम्पहरु नै हिउँले ढाकिदिएपछि यार्सा संकलकहरु क्याम्प छोडेर घर फर्किन थालेका हुन् । दार्चुला जिल्लाका सबैजसो यार्सा पाटनहरुमा बाक्लो हिउँ परेपछि यार्सा संकलकहरु घर फर्किन लागेका हुन् । व्याँस गाउँपालिका अन्तरगत पर्ने दुधुवन र घलघस्या लगायतका यार्सा पाटनहरुबा संकलकहरु घर फर्किएको उपभोक्ता समिति राप्लाका अध्यष नरेन्द्रसिँह बुढोथोकीले बताउनु भयो । बाक्लो हिमपात हुदाँ यार्सा संकलकहरुले बनाएको क्याम्प आर्थात् त्रीपालहरुमा समेत क्षेति पुगेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै अपि हिमाल गाउँपालिका अन्तरगतका धरमघर, अन्निखाना, लोलु लगायतका यार्सा पाटनहरुमा समेत बाक्लो हिमपात भएपछि यार्सा संकलकहरु घर फर्किन थालेका छन् ।
यार्सा पाटनहरुमा बाक्लो हिमपात भएपछि यार्सा संकलक गर्न समस्या भएको र क्याम्प नै हिउँले ढाकिने अवस्था आएपछि पाटनतिर गएका यार्सा संकलनहरु घर फर्किन स्थानिय हिमानी क्षेत्रिले जानकारी दिनुभयो । “यार्सा पाटनहरुमा बाक्लो हिउँ परेको छ, बेस क्याम्प नै हिउँले ढाकेको छ, यार्सा संकलन गर्न सकिने अवस्था छैन” उहाँले भन्नु भयो । यार्सा पाटनहरुमा झण्डै २ फीट हिउँ परेको पाटनबाट फर्किएका संकलकहरुले बताएका छन् ।
बैशाख २५ गते मात्रै खुला गरिएको अपिहिमाल गाउँपालिका अन्तरगतका यार्सा पाटनहरुमा हिमपात भएपछि वन खुलेको दोस्रो दिनबाटै संकलकहरु घर फर्किन थालेका छन् । बैशाख १५ गते खाद्यन्न लगायतका आबश्यक सामग्रीहरु ढुवानी गरेका थिए भने बैशाख २५ गते अर्थात् मंगलबारदेखि मात्रै वन खुल्ला गरिएको थियो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली