त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार 
नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार चीनको ताक्लाकोट बजारमा हुँदैआएको हो ।
परम्परागत रुपमा हुँदै आएको भारत र चीनको व्यापार भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र भएर हुँदैआएको छ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढको क्षेत्र भएर भारतीय व्यापारीहरु व्यापार गर्न ताक्लाकोटसम्म पुग्दछन् ।
भारतको तुलनामा नेपालसँगको व्यापार सुन्य
चीनको त्रिदेशी नाका क्षेत्रमा हुने व्यापार भारत चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग बढेको छ भने नेपालसँग बिगतमा हुने गरेको व्यापारमा समेत न्युनता आएको छ । दुई देशबीच व्यापार सम्झौता भएदेखि ५ महिनासम्म भारतीय र चीनियाँ व्यापारहरुबीच व्यापार हुने गर्दछ भने नेपाली व्यापारीहरुले बिगत झण्डै १० वर्षदेखि चीनियाँ समान दार्चुला ल्याउन सकेका छैनन् । ‘चीनियाँ सिमाबर्ती बजार ताक्लाकोट जोड्ने बाटो नै नभएका कारण ताक्लाकोट दार्चुला व्यापार सुन्यमा झरेको छ ।’ बिगत २५ वर्षदेखि ताक्लोकाटको गुत्गाउँमा व्यापार गर्दै आएका दार्चुला ठिम्पु महर बताउँछन् । पञ्चायत कालमा तत्कालीन राष्टिय पञ्चायत सदस्य बहादुरसिह ऐतवालको पालमा निर्माण भएको दार्चुला तिंकर गोरेटो बाटोको मर्मत र पुनर्निमाण नहुँदा ताक्लाकोट दार्चुला व्यापार बन्द नै भएको बिगतमा ताक्लाकोटबाट सरसमान ल्याई व्यापार गर्ने दार्चुला खलंगाका व्यापारी जयसिह महरले बताउनु भयो । ‘बाटो नै छैन, भरिया लगाएर समान ल्याउन खोज्यो भने पनि नेपालतिर भन्सार नहुँदा ताक्लाकोटबाट खलंगा समान ल्याउन सकिन्न ।’ तयारी पोषाकका व्यापारी समेत रहेका महरले जानकारी दिनुभयो । ५ वर्ष पहिलेसम्म पनि चीनियाँ समानका लागि सिमावर्ती भारतीय नागरिकहरु खलंगा आउने गरेको स्मरण गर्दै दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापा अहिले खलंगाका व्यापारीहरुले भारतीय सिमावर्ती बजारबाट चीनियाँ समान ल्याउनु परेको बताउँछन् । भारतबाट चीनिया समान ल्याउन महंगो समेत हुने गरेकाले तिंकरसम्म बाटो निर्माण गर्नुको बिकल्प नभएको उनी बताउँछन् ।
२०५६ देखि दार्चुला तिंकर गोरेटो बाटो पूर्ण रुपमा बन्द भएको भएपनि २०६३ सम्म भरिया मार्फत चीनियाँ समान खलंगा ल्याउने गरेको बताउँदै व्यापारी जयसिह महर त्यसपछि भने भन्सारको नतिरेको भन्दै प्रहरीले ताक्लाकोटको समानमा कडाई गरेपछि ताक्लाकोटसँगको व्यापार पूर्ण रुपमा बन्द भएको बताउँछन् ।
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली