एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो । निर्धातिर समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा सहाराका सुशन गुरुङ, विजय श्रेष्ठ, मान बहादुर तामाङ र फूर्वा लामाले गोल गरे पनि लक्ष्मण जिसीको प्रहार भने एपिएफका गोलकिपरले रोके । एपिएफ लागि अञ्जन विष्ट, सुदिप शिखरकार, आदित्य चौधरी, राजु नगरकोटी रञ्जन विष्टले गोल गरे । प्रतियोगितामा आइतवबार धरान फुटवल क्लव र संकटा क्लवविच खेल हुनेछ । काठमाडौं बाहिरकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ ।
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको