नौ कार्यालयका ९२ ठेक्काको विवरण गृहमा पठाइयो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जिल्ला प्रशासन कार्यालयले विहिवारसम्म जिल्लास्थित नौवटा सरकारी कार्यालयका ९२ वटा ठेक्काको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाएको छ । गृह मन्त्रालयको निर्देशनसंगै जेठ ४ गतेको कार्यालय प्रमुखको बैठकले सबै कार्यालयको ठेक्का विवरण संकलन गर्ने निर्णय गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा संकलन भएका ठेक्काहरुको विवरण शुक्रवार मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । कार्यालयपिच्छे ठेक्काको विवरण, ठेकेदारको नाम र ठेगाना, सम्झौता मिति, ठेक्का अवधिको सबै विवरण मन्त्रालयमा पठाइएको छ ।
ठेक्का रकम, तोकिएको समयमा काम सम्पन्न हुने वा नहुने र ठेक्काको म्याद थप भए÷नभएको विवरण पनि पठाइएको छ । गृह मन्त्रालयले थप निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले थप ‘एक्सन’ लिने सहायक प्रजिअ जोशीले बताउनुभयो ।
निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्ने गृहमन्त्रीको घोषणासंगै जिल्ला प्रशासन कार्यालयमार्फत ठेक्का र ठेकेदारहरुको विवरण संकलन गरिन लागेको हो । दार्चुलामा विहिवारसम्म १५ वटा सरकारी कार्यालयले आफ्नो कार्यालयको ठेक्का सम्बन्धि जानकारी दिएका छन् । यीमध्ये ६ वटा कार्यालयले आफ्नोमा ठेक्काको कार्य नै नभएको लिखित जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयले ठेक्का सम्बन्धि कार्य नभएको जानकारी गराएका छन् । यसैगरी, नापी कार्यालय, शैल्यशिखर नगरपालिकाले पनि ठेक्का प्रक्रिया सम्बन्धि कार्य आफ्नो कार्यालयमा नभएको लिखित जानकारी जिल्ला प्रशासनलाई दिएका छन् ।
ठेक्का प्रक्रिया रहेका कार्यालयमा सडक डिभिजन कार्यालय पाटनमा ३० वटा, नेपाल विद्युत प्राधिकरण दार्चुलामा २८ वटा र महाकाली नदी नियन्त्रण कार्यालयमा ७ वटा ठेक्का रहेका छन् । सिचाई विकास सव डिभिजनमा ३ वटा, जिल्ला सरकारी वकिलको कार्यालयमा एउटा, भन्सार कार्यालयमा एउटा र जिल्ला समन्वय समितिमा १३ वटा ठेक्का रहेको विवरण छ । यसैगरी, जिल्ला कारागारमा एउटा नयाँ ठेक्काको कार्य प्रक्रियामा रहेको जानकारी प्रशासनलाई दिइएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य