मार्मा गाउँपालिकामा बैंकीङ सेवा सुचारु,, बैंक खोल्ने जिल्लाकै प्रथम गाउँपालिका बन्यो मार्मा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको मार्मा गाउँपालिकामा पहिलो पटक बैंकीङ सेवा सुचारु भएको छ । स्थानिय सरकार गठन भए पश्चात् बैंक स्थापना गर्नेमा मार्मा गाउँपालिका प्रथम गाउँपालिका बनेको छ ।
संघीयता लागु भएपश्चात दार्चुला जिल्लामा ७ ओटा गाउँपालिका र २ ओटा नगरपालिका निर्धारण गरिएको थियो । जिल्लाका ७ ओटा गाउँपालिकामध्ये बैंक स्थापना गरी बैंकीङ सेवा सञ्चालन गर्नेमा मार्मा गाउँपालिका प्रथम बनेको छ । जिल्ला सदरमुकाम खलंगा समेत रहेको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका बाहेक जिल्लाका अन्य गाउँपालिकामा बैंक स्थापन गर्न सकिएको थिएन । जिल्ला सदरमुकाम खलंगा अर्थात् महाकाली नगरपालिकामा ७ ओटा बैंकहरु सञ्चालनमा छन् भने शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारमा २ ओटा बैंकहरु सञ्चालनमा रहेका छन् । तर जिल्लाका २ नगरपालिका बाहेक अन्य कुनै पनि स्थानिय तहमा बैंक स्थापन गर्न सकिएको थिएन ।
सनराईज बैंकले ८३ औँ शाखाको रुपमा मार्मा गाउँपालिका वडा नम्बर ३ लटीनाथमा शुक्रबार सेवा सञ्चालन गरेसंगै मार्मा गाउँपालिका बैंक स्थापना भएको प्रथम गाउँपालिका बनेको हो । विभिन्न रेमिटान्स, आइएमइ लगायतका बैंकीङ कारोबार सञ्चालन गर्ने गरी सनराईज बैंकको केन्द्रिय कार्यालय र गाउँपालिकाको सम्झौता अनुसार बैंक स्थापना गरिएको सनराई बैंक लटीनाथका शाखा प्रबन्धक सुशील ओझाले बताउनु भयो ।
मार्मा गाउँपालिकामा बैंक स्थापना भएसंगै बैंकीङ कारोबार गर्नका लागि जिल्ला सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यताबाट मार्मा बासीले मुक्ति पाएको गाउँपालिका अध्यक्ष जनम धामीले बताउनु भयो । जनप्रतिनिधिले जनतालाई जतिसक्दो सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्य भएकाले ५ वर्षे कार्यकालसम्म जनताले अनुभूति गर्न खालको विकास निर्माण गर्ने अध्यक्ष धामीको भनाई छ । मार्मा गाउँपालिकामा बैंक स्थापन भएसंगै अपिहिमाल गाउँपालिकाका स्थानियहरुलाई समेत केही सुविधा हुने बैंक कर्मचारी धनराज धामीले बताउनु भयो ।
६ गाउँपालिका बैंक विहीन, कुन बैंक कहाँ खुल्ने ?
दार्चुला जिल्लाका ३ स्थानिय तहमा बैंक खुले पनि अझै ६ ओटा गाउँपालिका बैंक विहीन अवस्थामा रहेका छन् । मार्मा गाउँपालिकामा बैंक स्थापना भएसंगै जिल्लाका ३ स्थानिय तहमा बैंकीङ सेवा सुचारु भएको छ ।
तर स्थानिय सरकार गठन भएको १ वर्ष पुग्नै लाग्दा समेत जिल्लाका अन्य ६ ओटा गाउँपालिकामा भने बैंकी सेवा सुचारु गर्न सकिएको छैन । प्रत्येक स्थानिय तहमा बैंक स्थापना गरी बैंकीङ सेवा सहज बनाउने उद्देश्य लिइएको छ । जिल्ला सबै स्थानिय तहमा कुन–कुन बैंक स्थापना हुने भन्ने टुङगो लागेको झण्डै वर्ष दिन पुग्नै लाग्दा समेत बैंक स्थापना गर्न सकिएको छैन ।
नौगाढ गाउँपालिकामा जनता बैंको शाखा स्थापना गरिनेभउको छ । नौगाड गाउँपालिकामा शाखा स्थापन गर्ने भनिए पनि भवन र ईन्टरनेट सेवा अभावका कारण तत्काल शाखा स्थापना गर्न नसकिएको जनता बैंक शाखा दार्चुलाका प्रबन्धक प्रकाश भट्टले बताएका छन् ।
यस्तै दुहूँ गाउँपालिकामा ईन्भेष्टमेन्ट बैंकबाट बैंकीङ सेवा दिइने छ । तर दुहूँमा पनि बैंक स्थापना गर्न नसकिदाँ सेवाग्राहीहरु बैंकी कारोबारका लागि सदरमुकाम धाउने बाध्यता रहेको छ ।
दुई–दुई बैंसं शाखा स्थापनको बारेमा सहमती भएको अपिहिमा गाउापालिकामा पनि हालसम्म बैंक स्थापना गर्न सकिएको छैन । गाउँपालिका अध्यष धर्मानन्द मन्याल डीएनका अनुसार एसबीआई बैंक र नेपाल बैंकसंग शाखा स्थापन गर्ने बारे कुरा भएको छ । यस्तै लेकम गाउँपालिकामा पनि लक्ष्मी बैंकसंग शाखा स्थापना गर्ने सम्बन्धमा कुराकानी भएको उपाध्यक्ष माधबी जोशीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकामा माछापुच्छ«े र व्याँस गाउँपालिकामा प्रभु बैंकको शाखा स्थापना गर्ने सहमती भएको छ । बैंक स्थापन गर्न आबश्यक पूर्वाधार, सुरक्षा व्यवस्था लगायतका समस्याका कारण बैंक स्थापना गर्नमा ढिलाई भइरहेको स्थानिय सरकारको भनाई छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन