बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल सजाय सुनाएको छ । राँचीको जेलमा रहेका लालुलाई भिडियो कन्फ्रेरेन्समार्फत सजाय सुनाइएको हो । पूर्व मुख्यमन्त्री यादवले पशु दाना खरिदमा घोटाला गरेको भन्दै १५ दिनअघि अदालतले दोषि ठहर गरेपछि प्रहरीले पक्रेर उनलाई राँचीको जेलमा राखेको थियो । उनलाई सजाय भने आज सुनाइएको हो । यादवले सन् १९९१ देखि १९९४ बीच देवघर राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ घोटाला गरेको विशेष अदालतको ठहर छ । चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै अरु १५ जनालाई पनि दोषि ठहर गरिएको छ । दोषि ठहर हुनेमा दुई पूर्व मन्त्री पनि छन् । लालु यादवलाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । उनले सजाय विरुद्ध यो भन्दा माथिल्लो अदालतमा पुनरावेदन भने गर्न सक्ने छन् । यादवका वकिल प्रभातकुमारले उच्च अदालतमा अपिल गर्ने घोषणा गरेका छन् । यादवमाथि सिबिआईको अदालतमा चारा घोटालाकै बारेमा ३ वटा मुद्दा चलिरहेको छ । अर्को एउटा मुद्दाको फैसला पनि केहि दिनभित्रै आउने छ । यहि मुद्दामा सन् २०१३ मा पनि सिबिआई अदालतले यादवलाई ५ वर्षको जेल सजाय र २५ लाख भारतीय रुपैयाँ जरिवाना गरेको थियो । तर दुई महिना जेल बसेपछि यादव सर्वोच्च अदालतको आदेशमा धरौटिमा रिहा भएका थिए । यो मुद्दा लागेपछि संसद सदस्यता गुमाएका उनी चुनाव लड्न पनि आयोग्य ठहर भएका थिए ।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को

दुर्घटनाग्रस्त तेल बोकेको पानीजहाज ‘अझै जल्दै’, विस्फोटको खतरा

चीनको पूर्वी समुद्रमा तेल र सामान बोकेका दुई छुट्टाछुट्टै पानीजहाज एक–आपसमा ठोक्किदा तेल चुहिएर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । तेल