सीमा क्षेत्रमा खटियो दार्चुलाबाट ३५ जनाकाे सुरक्षा टोली, त्रीदेशीय सीमा स्तम्भ लिपुलेकसम्म पुग्ने ।।

नयाँ नेपाल समाचार दार्चुला ।
सीमा क्षेत्रका लागि जिल्ला सदरमुकाम खलंगाबाट ३५ जनाको सुरक्षाकर्मीको टोली खटिएको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाबाट प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा ३२ जनाको सशस्त्र टोली र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट ३ जना नेपाल प्रहरी गरी ३५ जनाको सुरक्षाकर्मीको टोली सीमा क्षेत्रमा गस्तीका लागि निस्किएका छन् ।
मुख्य गरी भारतसंग जोडिएका उत्तर पश्चिमी सीमा नाकाहरुमा सीमा स्तम्भ हेरफेर, सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिहरु लगायतका क्रियाकलापहरुलाई मध्यनजर गरि सुरक्षाकर्मीको टोली गस्तीका लागि शनिबार जिल्ला सदरमुकाम खलंगाबाट हिडेको प्रहरी स्रोतले बताएको छ । सीमा क्षेत्रमा गरिने नियमित गस्ती अनुसार नै आज पनि ३२ जना सशस्त्र प्रहरी टोली र ३ जना नेपाल प्रहरीको टोली सीमा क्षेत्रमा गएको सशस्त्र डिएसपी अम्बिका प्रसाद जोशीले बताएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेका प्रहरी चौकीहरुबाट समेत सुरक्षाकर्मी थप हुने र त्रिदेशीय सीमाना छुट्याएको सीमा स्तम्भ नम्बर १ गाडिएको लिपुलेकसम्म टोली पुग्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी नायब उपरीक्षक अम्बिका प्रसाद जोशीले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा हेरफेर, सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिहरुलाई मध्यनजर गरी शसस्त्र ईन्स्पिेक्टरको नेतृत्वमा नियमित रुपमा गरिने एलआरपी गस्ती अनुसार सीमा क्षेत्रमा सुरक्षा टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको उत्तर पश्चिमी त्रीदेशी सीमा स्तम्भ नम्बर १ रहेको लिपुलेक लगायतका सीमा क्षेत्रमा सीमा सुरक्षा लगायतका लागि नियमित गस्ती सकाएर झण्डै १० दिन पश्चात् सदरमुकाम खलंगा फर्किने सशस्त्र डिएसपी जोशीको भनाई छ । नेपाल–भारत–चीनको त्रीदेशी सीमा स्तम्भ नम्बर १ लिपुलेकसम्म पुगेर फर्किने उहाँले बताउनु भयो ।
सीमा क्षेत्रमा यसरी सुरक्षाकर्मीले नियमित गस्ती गर्दा चोरी तस्करी, अबैध व्यापार, वन पैदावर, आखेटोपहार ओसार पसार लगायतका गतिविधिहरुमा केही कमि आउने विश्वास गरिएको छ । साथै मातृभूमिको रक्षा र राष्ट्रिय अखण्डता रक्षाका लागि नेपालीहरु सधैँ तयार रहेको संकेत गर्ने आफूहरुलाई समेत सुरक्षित महसुश हुने हालै तिंकर बसाई सरेका सौका समुदायको भनाई छ ।