बिटुले–पारीबगड रुट सञ्चालनको मुख्य बाधक रील पहिरो, १९९० मा खसेको पहिरो अझै रोकिएन ।।

याँ नेपाल समाचार दार्चुला ।
बिटुले–पारीबगड सडक खण्ड बेला बेला अबरुद्ध हुने गरेको छ । बिटुले-पारीबगड सडक खण्ड अन्तरगत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले बर्षात् बेला झन् समस्या हुने गरेको छ ।
मार्मा गाउँपालिका जोड्ने मुख्य सडक खण्ड बिटुले-पारीबगड सडक खण्ड वर्षात् बेला विभिन्न स्थानमा पहिरो खस्दा सवारी साधान सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकाका स्थानियहरु आवत् जावत् गर्ने मुख्य मोटर मार्ग बिटुले पारी वगड सडक खण्ड अन्तरगत कच्ची भु–बनोटका कारण विभिन्न क्षेत्रमा पहिरो खस्ने गरेकाले बेला–बेला स्थानियहरुले पैदला यात्रा समेत गर्नु पर्ने समस्या आउने गरेको छ । उक्त सडक सञ्चालन भएपछि मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका स्थानियहरुलाई सहज भएको छ । तर नियमित सञ्चालन नहुदाँ केही समस्या हुने गरेको मार्माका एक स्थानियले बताउनु भयो ।
बिटुले–पारीबगड सडक खण्ड अन्तरगत पर्ने रील पहिरो भन्ने ठाउँ त्यस सडक खण्डका सवारी चालकहरुको टाउको दुखाईको विषय बनेको छ । मुख्यगरी बर्षात्का बेला पहिरो खस्ने गरेपनि साना सना पहिरो बाह्रमास आउने गरेको स्थानिय मनोज महराले बताउनु भयो । वर्षाै पहिले ठुलो पहिरो खसेको उक्त क्षेत्रमा पहिरो खसिरहने भएकाले पनि त्यस क्षेत्रको नाम नै रिल पहिरो रहन गएको बुढा पाकाहरुले बताउने गरेका छन् ।
वि.सं. १९९० मा आएको महाभूकम्पका कारण खसेको मार्मा गाउँपालिका वडा नम्बर ३ स्थितको उक्त पहिरो हाल पनि बेला बेला खसिरहने गर्दछ । १९९० सालको भूकम्पले ठुलो पहिरो गएको र निरन्तर रुपमा पहिरो खसिरहने भएकाले उक्त पहिरोको नाम रिल पहिरो रहन गएको मार्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अमर विष्टले बताउनु भयो ।
रेल अर्थात् ट्रेन चलेजस्तै निरन्तर रुपमा पहिरो खस्ने भएकाले पनि रेल पहिरोबाट पछि रिल पहिरो भन्न थालिएको वडाध्यक्ष अमर विष्टले बताउनु भयो । यस्तै पहिरो खसेको नजिकैको गाउँको नाम रिल भएकाले पनि रिल पहिरो नाम रहन गएको वडाध्यक्षको भनाई छ । उति बेलाको भूकम्पले ठुलो पहिरो गएपछि अहिले पनि निरन्तर रुपमा पहिरो खस्ने गरेको छ । थोरै वर्षा भएपनि पहिरो खस्ने त्यस क्षेत्रमा हावा चल्दा समेत पहिरो खस्ने गरेको स्थानियहरुको भनाई छ । बाह्रै महिना पनि पहिरो खस्ने भएकाले त्यस क्षेत्रमा आवत् जावत् गर्न निकै समस्या भएको सोही रुटमा गाडी चलाउने गाडी चालक देबसिँह कोट्टारीले बताउनु भयो । विहान पहिरो हटाउदाँ साँझ पहिरो खस्ने भएकाले पनि पनि गाडी सञ्चालकहरुलाई समस्या हुनुको साथै त्यस क्षेत्रका स्थानियहरुले ढुक्क भएर गाडी चढ्न पाउने अवस्था नभएको स्थानियहरुको गुनासो छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन