तटबन्दको कामले दुहू र मार्मा प्रभावित,, भारतले खोतिला पहिरो नहटाउने ।।

नयाँ नेपाल समाचार,दार्चुला ।
महाकाली नगरपालिका वडा नम्बर ५ बंगाबगड क्षेत्रमा रहेको जिल्ला समन्वय समितिको कार्यालय तलतिरको क्षेत्रमा बाटो–घाँटो नहुदाँ जिल्लाका उत्तरी क्षेत्रमा हुने विकास निर्माण प्रभावित भएको छ ।
महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माणाधीन महाकाली तटबन्धको १० नम्बर प्याकेज क्षेत्रमा अहिले तटबन्धको काम चलिरहेकाले सो क्षेत्रमा सडक अबरुद्ध छ आवतजावत बन्द छ । 
महाकाली नदिको बहावका कारण १० नम्बर क्षेत्रमा गतबर्ष तटबन्धको पर्खाल भत्काएपछि सो क्षेत्रमा दोश्रो पटक तटबन्ध निर्माण कार्य भईरहेको छ । भारतको खोतिला भन्ने स्थानमा खसेको सुख्खा पहिरोका कारण महाकाली तटबन्धको संरचनामा क्षेति पुगेको थियो । 
पहिरो हटाउन नेपाली पक्षले बेलो बेला आग्रह गर्दा पनि भारतीय पक्षले अहिलेसम्म पहिरो हटाउन अनाकानी गरिरहेको छ । विभिन्न समयमा द्विपक्षीय टोली भारतको खोतिला पहिरोको स्थलगत निरीक्षण अवलोकन समेत गरेका थिए । उक्त पहिरो हटाउने सन्दर्भमा गृह मन्त्रालयलाई जानकारी गराएको र गृहले परराष्ट्र मन्त्रालय मार्फत् पहिरो हटाउने सम्बन्धमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनु भयो ।
अहिले आएर भारतले विभिन्न बाहानाहरु बनाउदै तत्काल पहिरो नहटाउने जानकारी आएको नदी नियन्त्रण आयोजनका प्रमुख सुशीलचन्द्र देवकोटाले बताउनु भयो । वर्षात्को समय सुरु भइसकेकाले छोटो समयमा पहिरो हटाउन नसकिने प्रतिक्रिया भारतले दिएको छ । भारतीय पहिरोका कारण नेपालको संरचनामा क्षेति पुगेको थियो । बेला बेला पहिरो हटाउन भारतलाई आग्रह गरेपनि नहटाएपछि गतवर्ष क्षेति ग्रस्त संरचना भन्दा ३ मिटर गहिराईबाट संरचना निर्माण गरेकाले नदीको बहाव रोक्नसक्ने क्षमताको संरचना निर्माण गरेकाले सुरक्षित हुने आयोजना प्रमुख देवकोटाले बताउनु भयो ।
साथै ढिलामा ३ दिन पश्चात् बाटो खुलाइने उहाँले बताउनु भयो । चैत्र महिनामा विविध कारण तटबन्ध निर्माण कार्य प्रभावित भएकाले केही बाटो खुलानमा केही ढिलाई भएको उहाँको भनाई छ ।
महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको जग निर्माण गर्नका लागि २०७४ साल चैत्र १ गते देखि एक महिनाका लागि माथिल्लो क्षेत्रमा जाने बाटोघाँटो बन्द गर्ने सूचना गरी काम गर्न थालेको हो । उक्त समय भित्र महाकाली नदिमा तटबन्ध निर्माणको काम बन्न नसक्दा माथिल्लो क्षेत्रमा जाने गाडीहरुको लागि बाटो बन्द भएको हो । महाकाली नदिमा पानीको बहाव बढेपछि नदी नियन्त्रण आयोजनामा पनि काम गर्न ढिलाई भइरहेको छ । अहिले सो क्षेत्रमा पनि काम चालु रहेको नदि नियन्त्रण आयोजनाले जनाएको छ । बंगाबगड क्षेत्रमा बाटोघाँटो नभएपछि त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने विभिन्न योजनाहरुमा निर्माण सामाग्री जान नपाएपछि अरु आयोजनाहरुको काम पनि प्रभावित भएको हो । दार्चुला तिङ्कर सडकको काम, लास्कु र निजाङगाडमा बन्ने पुल, तथा महाकाली नगरपालिकाको बंगाबगड खार दल्लेख सडक खण्डको काम पनि प्रभावित भएका निर्माण व्यवसायि संघका अध्यक्ष महेशसिह धामीले जानकारी दिनुभयो । यसका अतिरिक्त एक डेढ महिना पहिले दार्चुला सदरमुकाम पुगेको दुहूँु गाउँपालिकाको स्काईभेटर पनि बाटो अभावकै कारण दुँहुँ गाउँपालिकामा जान नसकेको दुहुूँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । दुहू क्षेत्र जोड्ने सडक अन्तरगत निर्माण भइरहेको तटबन्धका कारण डोजर समेत गाउँपालिकामा पु¥याउन नसकिदाँ दुहूँ क्षेत्रका विभिन्न विकास निर्माणका कार्य गर्न निकै समस्या भएको गाउँपालिकाले जनाएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य