असार २ ले झस्काउछ दार्चुला, महाकालीको डरलाग्दो रुपले खलंगाको स्वरुप बदलिएको ५ वर्ष पुग्यो ।

नयाँ नेपाल समाचार दार्चुला ।
महाकाली नदीले दार्चुला सदरमुकाम खलंगा बगाएको आज ५ वर्ष पुगेको छ । आज भन्दा ५ वर्ष पहिले यही दिन अर्थात् २०७० साल असार २ गते जिल्ला सदरमुकाम खलंगाको स्वरुप नै परिवर्तन गर्ने गरी महाकालीमा आएको बाढीले जिल्ला सदरमुकाम खलंगा लगायत नदी किनारका बस्तीमा ठूलो क्षेति गरेको थियो ।
जिल्ला सदरमुकाम खलंगाका सयौँ स्थानियहरु घरबार विहीन हुदाँ महाकालीले विचल्ली मच्चाएको थियो । महाकाली नदीले डरलाग्दो रुप लिएर ठूलो धनजनको क्षेति भएको थियो भने जिल्ला सदरमुकाम खलंगाको भौगोलिक संरचना नै परिवर्तन हुने गरी खलंगालाई खुम्च्याइदिएको थियो । अबिरल वर्षाका कारण असार २ गतेदेखि महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगा क्षेत्रका थुप्रै व्यापारीहरुको पसल बगाएको थियो, रिङनताल तालको नाम निसाना नै मेटाउने गरी बस्ती बगरमा परिणत भयो भने गल्फैका दर्जनौँ घरहरु बगाएको थियो । यस्तै दर्जनौ कार्यालयहरु बगाएको थियो । महाकाली नदीले ठुलो विपद् निम्त्याइदियो । हरेक वर्ष असार २ र ३ गते आउदाँ दार्चुलाबासी २०७० सालको महाकाली नदीको डरलाग्दो रुपको स्मरण हुने गरेको छ ।
अबिरल वर्षा संगै भारतले धौलीगंगा जलविद्युत्को ड्यामको गेट खोलिदिदाँ जिल्ला सदरमुकाम खलंगाबासीको बिचल्ली भएको हो । महाकाली नदीको बाढीको प्रतिरक्षा गर्ने तटबन्ध निर्माण नगरिदा पनि दार्चुलाबासीले अर्बौको क्षेति बेहोर्नु प¥यो । पूर्व सुचना प्रणाली जस्ता प्रविधिको समेत अभाव हुदाँ भारतको तुलनामा दार्चुलामा ठूलो क्षेति भयो । सोही बाढीमा २ जनाको मृत्यु समेत भएको थियो ।
२०७० सालको महाकाली नदीमा आएको बाढीले ठुलो क्षेति पु¥यायो तर बाढी पीडितहरुले तत्कालिन आपतकालीन राहात बाहेक अन्य राहात नै नपाएको गुनासो गर्ने गरेका छन् । बाढी पीडितहरुमध्ये घरजग्गा बगेकाहरुले राहात स्वारुप ३५ हजार बाहेक अन्य राहात नपाएको गुनासो उनीहरुको छ । उनीहरुले पुर्नस्थापनको माग राख्दै बाढी पीडित संघर्ष समिति गठन गरेर आवाज उठाएपनि कतैबाट पुर्नस्थापनको पहल नभएको तत्तकालिन बाढी पीडित संघर्ष समितिका अध्यक्ष ललितसिह बोहराले भनाई छ ।
महाकाली नदीले दार्चुलामा ठूलो क्षेति भएपछि देश विदेशबाट राहत सामाग्रीहरु आउन थाले, कतिपय आफै वितरण गरेर गए । त कतिपयले जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत वितरण गरे । विदेशबाट महकाली बाढी पीडितहरुका नाममा आएको चारलाख रुपैँया अझै जिल्ला दैबी प्रकोप उद्धार व्यवस्थापन समितिमा थन्कीएको छ । विदेशबाट आएको राहत रकमबाट पुर्ण रुपमा घरजग्गा क्षेती भएका १ सय ३६ परिवारलाई ४० हजार रुपँैयादरले थप राहत वितरण गरिएको थियो ।
तत्कालिन नेपाल सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायिलाई सहुलीयत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरुलाई बैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलीयत दिने निर्णय गरेपनि कार्यान्वयन नभएको महाकाली बाढी पीडित संघर्ष समितिका अध्यक्ष ललितसिह बोहराको भनाई छ । महाकाली नगरपालिकाले महाकाली बाढी पीडितलाई परिचय वितरण गरेर विभिन्न सराकारी सेवा सूविधामा सहुलियत दिने गरी नीति तथा कार्यक्रम तय गरेको महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले जानकारी दिनुभयो ।